मनिपालमा तिम्ल्याहाको जन्म

पोखरा, २८ जेठ /पोखरा १४ खसीबजारकी आरती शाहले ३ सन्तान जन्माएकी छन् ।

मनिपाल शिक्षण अस्पतालमा उनले शल्यक्रिया मार्फत् २ छोरी र एक छोरालाई जन्माएकी हुन् । २१ वर्षीया साहले जन्माएकी एक छोरीको तौल ८ सय ग्राम, अर्की छोरीको तौल ७ सय ग्राम र छोरा ७ सय ५ ग्राम रहेको अस्पतालले जनाएको छ ।

तीन बच्चालाई अस्पतालको आइसियूमा राखिएको छ । आमाको अवस्था सामान्य छ ।

कञ्चन कम्प्युटर सेवा
कञ्चन कम्प्युटर सेवा
कमेन्टहरु
Loading...