बस दुर्घटनाका घाइतेलाई उपचार नगर्ने मणिपाल र चिकित्सक दुबै दोषी- संयोजक श्रेष्ठ

सागर राज तिमिल्सिना
पोखरा, १२ बैशाख /स्वास्थ्य मन्त्रालयले गठन गरेको कार्यदलले पोखराको मनिपाल मेडिकल कलेज र चिकित्सक सगँ स्पस्टीकरण मागेर मंगलबार काठमाडौ फर्किएको छ । सोमबार अस्पताललाई स्पस्टीकरण बुझाएको मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठ संयोजकको टालीले शनिवारको घटनाको छानबिन गरि फर्किएको हो ।

मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटनामा परी घाइते भएका १४ जनालाई हेलिकोप्टरबाट मनिपाल ल्याइएकोमा उपचार गर्न नसकिने भन्दै कलेज प्रशासनले अन्यत्र पठाएको घटनापछि आइतबार स्वास्थ्य मन्त्रालयले कार्यदल बनाएको थियो ।
कार्यदल संयोजक श्रेष्ठले छानबिनबाट अस्पताल प्रशासन र चिकित्सक दुबै दोषी रहेको बताए ।

उनले को कति दोषी छ भने बारेमा काननु हेरेर कार्वावाही अगाडी बढाउने बताए । उनले चिकित्सकहरुको समस्या विरामी सगँ नभई व्यवस्थापन हुदा पनि विरामीको उपचार नगर्नु दण्डनीय भएको बताए । उनले प्रशासनलाई दवाव दिने अन्य उपाए भए पनि चिकित्सकहरुले ओपिडि र अनकल विरामी नहेर्नु चिकित्सकको दोष भएको बताए ।

उनले अस्पतालले चिकित्सकहरुलाई विरामी आएको खबर नगरेर दोषी देखिएको बताए । ‘हामीले व्यवस्थापनमा के के कम्जोरी भयो भनेर अध्ययन गरेका छौ’ उनले भने ‘ती कम्जोरीहरुलाई कानुनले कसरी दण्डनीय गरेको छ, त्यसै अनुसार कानुनी कार्वाही अगाडी बढ्छ ।’ उनले यस्तो समस्या आगामी दिनमा कुनै पनि अस्पतालमा नदोहोरीने गरि समाधानको बाटो खोज्ने बताए ।

मन्त्रालयको चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठ संयोजक रहेको ३ सदस्यीय कार्यदल सोमबार पोखरा आएर प्रारम्भिक अध्ययन थालेको थियो । कार्यदलमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा ढुण्डिराज पौडेल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा छन् । उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निदेशनालयका प्रमुख तारानाथ शर्माले सघाएका थिए ।

कमेन्टहरु
Loading...