बस दुर्घटनाका घाइतेले उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टरलाई फुलबारीक्बलका पदाधिकारीको नियन्त्रणमा

सागर राज तिमिल्सिना
पोखरा, १० बैशाख/मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटनामा घाइतेभएकाहरुलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालले उपचार नगरे पछि पोखराको फुलबारी क्लबले डाक्टरहरुलाई नियन्त्रणमा लिएको छन् ।

शनिबार साझँ अस्पतालको गेटमा तालाबन्दी गरेको क्लबले आइतबार बिहान आन्दोलनमा रहेका डाक्टरलाई नियन्त्रणमा लिएका हुन् । उनीहरुले डाक्टर दिपक कोइराल र डाक्टर ओमलाई नियन्त्रण लिएको क्बलका सदस्य नारायण आर्चायले जानकारी दिए । आन्दोलनमा संलग्न अन्य डाक्टरहरु आए पछि उनीहरुलाई राखेर वार्ता गर्ने अस्पताल सञ्चालनमा गर्न पहल गर्ने उनले बताए । डाक्टरहरुलाई अहिले प्रहरीले शुरक्षा दिएको छ ।

मुस्ताङको कागबेनीमा भएको दुर्घटनाका गम्भीर घाइतेलाई उपचार गर्न अस्वीकार गरी फर्काइदिएको थियो । कागबेनीमा भएको दुर्घटनालगत्तै हेलिकोप्टरबाट शनिबार दिउँसो पोखरा ल्याइएका घाइतेलाई मणिपालले आपतकालीन उपचार दिन अस्वीकार गरेपछि पोखराकै अन्य अस्पताल लैजानुपरेको थियो ।

कागबेनीमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएका १४ जनालाई सेनाको हेलिकोप्टरबाट मणिपाल अस्पताल ल्याइएको थियो ।  मणिपालमा उपचार नभएपछि फिस्टेल हस्पिटलमा 8, गण्डकी मेडिकल कलेजमा ४, मेट्रोसिटीमा १ र फेवासिटीमा १ जना घाइतेलाई उपचारका लागि लगिएको थियो ।

कमेन्टहरु
Loading...