मण्डेलाको जन्म, जीवन र संघर्ष

जोहानसवर्ग, मंसिर २२ । मानवताको सबभन्दा ठूलो शत्रु रंगभेदु विरुद्धका अगुवा नेता ९५ वर्षे नेल्सन मण्डेलाको बिहीबार राती निधन भएको छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति मण्डेलाले राजधानी जोहानसवर्गस्थित आफ्नै घरमा परिवारका सदस्यबीच अन्तिम स्वाँस लिए । उनी केही महिनादेखि फोक्सोको संक्रमणले पीडीत थिए ।

राष्ट्रपति ज्याकोब जुमाले टिभी संवोधन मार्फत उनको देहान्त भएको घोषणा गरेका थिए । तीन महिना अस्पतालमा उपचार गराएपछि उनलाई सेप्टेम्बरदेखि घरमै गहन चिकित्सकीय हेरचाहमा राखिएको थियो । मित्रहरु, हामी सबैको प्यारो लोकतान्त्रिक राष्ट्रका संस्थापक राष्ट्रपति हामीलाई छाडेर गएका छन्, उनले भने,मुलुकले सबैभन्दा महान छोरा र नागरिकले अभिभावक गुमाएका छन् ।

madela_20131206015040उनले एक दिन यो क्षण आउने थाहा भएपनि देशकोलागि अपूरणीय क्षति भएको बताए । सरकारले पूर्ण राजकीय सम्मानकासाथ आउँदो शनिबार मण्डेलाको अन्त्येष्टि गर्ने भएको छ । जुमाले अन्त्येष्टिका लागि विशेष तयारी गर्नपनि निर्देशन दिएका छन् । त्यहाँ राष्ट्र विदाको घोषणा गरिएको छ ।
उनले दक्षिण अफ्रिकामा एक लोकतान्त्रिक बहुजातीय सरकार बनाउनलाई काला(कोराबीचको भेद पालेर बसेका सत्तासँग दीर्घकालीन सँघर्ष गर्नुपर्यो । उनले मानवता, समानता र न्यायको युद्धमा २७ वर्षसम्म जेल जीवन बिताउनु पर्यो । उनले अल्पसंख्यक गोरा समुदाय विरुद्ध सन १९६४ मा वैचारिक र गुरिल्लायुद्ध गर्नुपर्यो । सन १९९० मा अफ्रिकाका रंगभेद र अल्पसंख्यक गोरा समुदायको शासनको संसारभरि विरोध हुन थालेपछि काला विरोधी ऐनहरु हटयो । उनी त्यसपछि रिहा भएका थिए ।
काला समुदायबाट मुलुकको पहिलो राष्ट्रपति बन्दै उनले विभिन्न सँघर्षको सामना गर्दै शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निभाए ।  मण्डेलाले हामीलाई एक जुट गरेका थिए, हामी सबै मिलेर उनलाई अन्तिम विदाई दिनेछौं, राष्ट्रपति जुमाले भने, त्यतिन्जेल राष्ट्रिय झण्डा आधी झुकि रहनेछ ।
समानताको युद्धमा तोडफोड, हिंसा र देश द्रोहको आरोपमा पटक पटक थुनिएका मण्डेलाले अन्तमा नोबेल शान्ति पुरस्कार पाए । सन २००१ मा उनलाई प्रोटेस्टेन्ट क्यान्सर भयो । त्यसपछि उनले ८५ वर्षको उमेरमा सन २००४ मा आत्मचिन्तकोलागि सार्वजनिक जीवनबाट अवकाश लिए । सन २०१० को विश्वकप फुटबलमा उनी अन्तिम पटक सार्वजनिक थलोमा देखिएका थिए । उनको यसमा सक्रिय भुमिका थियो ।  श्वेतवाद विरोधी यो नेताको आदिवासी नाउँ मादिवाु थियो । धेरैले उनलाई माया गरेर यही नामबाट संवोधन गर्छन् । सरकारले सन २०१२ मा उनको तस्विरसहितको नोट जारी गर्यो ।
उनले सन १९९३ मा पूर्व राष्ट्रपति एफ डब्लु डी क्लार्कसँग संयुक्त रुपमा नोवेल शान्ति पुरस्कार पाएका थिए । मनमा कटुता वा द्धेष नराख्नु उनको  विशेषता थियो, क्लार्कले बीबीसीको साक्षात्कारमा भनेका थिए, आफू सार्वजनिक व्यक्तित्व भएको अनुभुतिकासाथ जिम्मेबार भएर प्रस्तुत हुन्थे ।

उनले जीवनमा कहिल्यै पनि सिद्धान्तलाई ताकमा राखेर काम नगरेको उनले बताए । उनले मन्डेलालाई एकिकरणकर्ता युनिफायरु भनेका छन् ।  काला समुदायको सबैभन्दा ठूलो पाटी अफ्रिकी नेशनल कँग्रेस(एएनसी० को चिन्तालाई राम्ररी मनन गर्ने उनी नेता थिए ।  यहि कारणले हाम्रो बीचमा सहमती बन्यो र यसले हामी उत्कृष्ट संविधान बनाउन सफल भयौं, उनले भने ।
जन्म, जीवन र सँघर्ष
सन १९१८ को १८ जुलाईमा तात्कालीन केप प्रान्तको उमाटाटुको मभेजोमा जन्मेका थिए । उनी मदीबा आदिवासी समुदायका थिए । उनको आदिवासी नाउँ रोलिहलाहला मण्डेला थियो । उनको नाउँको अर्थ रुखको हाँगा भाँच्ने वा प्यारो शैतान बच्चा हो । विद्यालयमा एक अँग्रेजी शिक्षकले उनको नाउँ नेल्सन राखेका थिए । उनको पिता गेडला हेनरी गाँवका प्रमुख एवं थेम्बु राजपरिवारमा सल्लाहकार थिए । उनको पिताले तीन वटी विहे गरेका थिए । उनी तेस्री  नेक्यूफीु का सन्तान थिए । उनी १३ औं दाजुभाईमा तेस्रो थिए ।
९ वर्षको उमेरमा पिता बितेपछि आदिवासी मुखिया जोंगिनताबा डालिन डाइबोले उनको देखरेख गरेका थिए । विद्यार्थी जीवनमा कालो रंगकै कारणले हेपिंदा उनलाई असहय पीडा हुन्थ्यो । काला समुदायका भएकै कारणले छाती तानेर हिंडेमा कुटाई खाने उनले चेतावनी पाउँथे । यो भेदभावले उनमा आक्रोश बढाउँदै लग्यो । उनले कालाहरुले मात्र पढ्ने हेल्डटाउनबाट स्नातक गरे ।
उनको यही ओलिभर टाम्बोसँग भेट भएको थियो, जो उनको दीर्घकालीन मित्र र सहयोगी रहे । सन १९५० मा राजनीतीक विचार र गतिविधिले लोकप्रिय भए । यहि कारणले ओलिभर र मण्डेलालाई कलेजबाट निकालियो । उनीहरुलाई कलेज परिसरमा जान पनि प्रतिबन्ध लगाइयो । उनी गाउँ फर्के, जहाँ उनको विहेको तयारी भइरहेको थियो ।
उनी व्यक्तिगत जीवनमा नअलझिने मनसायकासाथ २३ वर्षको उमेरमा जोहानसवर्ग फर्के । सडकमा भौंतारिने क्रममा सुनखानीमा काम गरे । अलेक्जान्ड्रामा बस्नी उनी कानून र्फममा जागिर खान थाले । रंगभेदका कारण उनी भित्रभित्र स्वयंसँग जुधिरहेका थिए । प्राकृतिक रुपले काला उनी सम्मानको खोजीमा थिए । तर, गोराहरुले उनको अपमान गर्थे । उनको यहि क्रममा केही प्रसिद्ध विचारहरुसँग भेटघाट भएपछि प्रभावित भए ।
सन १९४३ मा अफ्रिकी नेशनल कँग्रेससँग आवद्ध भए । पहिले कार्यकर्ता र त्यसपछि युवा शाखाको संस्थापक र अध्यक्ष बने । जेल जीवनपछि एएनसीका अध्यक्ष बने । उनले सन १९६० सम्म भेदभाव विरुद्ध शान्तिपूर्ण विरोध गरेका थिए । केही सीप नलागेपछि उनको समूहले हिंसाको सहयोग लिनु पर्यो । उनी अधिवक्ता, अधिकारकर्मी हुँदै गुरिल्ला युद्धका पनि कमान्डर भए ।
अश्वेत नागरिकलाई काम र बसोबासकोलागि स्थान निर्धारण गर्ने कानून बनेपछि आन्दोलनले तीव्रता लियो । एएनसीमा प्रतिबन्ध लगाएपछि मण्डेला भूमिगत भए । यही क्रममा ६९ जनाको हत्या भएपछि आन्दोलनले चरम रुप लियो । सन १९९६४ मा जाडो याममा सरकारले उनलाई पक्राउ गरेर रोबेन द्वीपमा आजीवन कारावासकोलागि पठायो । त्यहाँ उनको तस्बिर खिच्न र भनाई लिन समेत प्रतिबन्ध थियो । उनले त्यो अवधिमा दिवंगत भएका आमा र जेठा छोरालाई समेत भेट्न जान पाएनन ।  लामो जेल जीवनमा उनको आँखा गुम्यो र क्षयरोगी भए । उमेरको मुख्य भाग जेलमा बितेपछि उनी परिवारबाट पनि टाढा भए ।
आन्दोलनको उत्कर्ष
सन १९८० मा उनको समूहल अन्तर्राष्ट्रिय रुपमै रंगभेद विरोधी अभियान चलायो । यसको मुख्य उद्देश्य मण्डेलाको रिहाईकोलागि आवाज उठाउनु थियो । सडकदेखि संगीत सभासम्म आवाज उठ्यो । विश्व समुदायले दक्षिण अप्रिmकी सरकार विरुद्ध लगाएको आर्थिक नाकाबन्दिलाई झनै कडा बनायो । सन १९९० मा गोराको सरकारले घुँडा टेक्यो । एएनसीबाट प्रतिबन्ध हट्यो । बहुजातीय सरकारकोलागि मार्ग खुल्यो ।
गोराहरुको हातबाट सत्ता हातमा लिएर उनले कालालाई स्वभिमानकासाथ हिंडने बनाए । उनी मानवजगतकालागि अभूतपूर्व उपहार हुन्, आर्कविशोप डेसमण्ड टुटुले भने । उनी कंगो, ब्रुन्डी र अन्इ मुलुकहरुमा पनि शान्ति सहजकर्ताको रुपमा सक्रिय रहे । संसारमा शान्ति, स्वतन्त्रता र समानताको सन्देश फैलाउन उनको जन्म दिनलाई राष्ट्र सँघले नेल्सन मण्डेलाु दिवशको रुपमा मनाउँछ । उनको जेठा छोरा म्याकगाथोको सन २००५ मा एड्सले मृत्यु भयो । उनले आफै यो घटनालाई सार्वजनिक गरेर एड्स विरुद्ध अभियानको अपिल गरे ।
असन्तुलित वैवाहिक जीवन
उनको वैवाहिक जीवन भने स्थिर रहेन । सन १९४४ मा पहिलो विहे इभेलिनसँग गरेका थिए । पहिलोबाट चार सन्तान भएको थियो । त्यसपछि उनले १३ वर्षपछि विन्नी माडिकिजेलसँग दोस्रो विहे भएको थियो । उनीबाट दुई छोरी जन्मियो । सन १९९२ मा उनी विनिसँग पनि अलग्गिए । उनले ८० औं जन्म दिनमा मोजाम्बिकको पूर्व राष्ट्रपति समोरा मासेलको एकल श्रीमती ग्रेसासँग भएको थियो । उनको १७ नाती र थुप्रै पनातीहरु छन् ।
पारपाचुके भएपनि दोस्री विनि र पत्नी ग्रेसाले उनलाई बरोबरी माया गर्छन् । पहिलो पत्नीको देहान्त भइसकेको छ । मण्डेलाको अन्तिम क्षणमा दुवै साथ रहेर सेवा गरे । ३० वर्षसम्म वैवाहिक बन्धनमा रहेकोले उनीप्रतिको माया कहिले कम नभएको बिनीले बताएकी थिइन् ।  उनले ८९ औ जन्म दिनमा विश्वका अति जटिल समस्या समाधान र मार्ग दर्शन दिन  द एल्डर्सु समूह पनि गठन गरे । यसमा विश्वका महत्वपूर्ण व्यक्तिहरु सहभागी थिए ।
सबैको संझनामा
वर्तमान र पूर्व राष्ट्र प्रमुखहरुले शोक व्यक्त गर्दै उनलाई श्रद्धाञ्जली दिएका छन् । काला समुदायबाट अमेरिकाको पहिलो राष्ट्रपति बाराक ओबामाले मादिबाु ले अप्रिmकालाई रुपान्तर गरेको भनेका छन् । उनलाई युगयुगसम्म सम्भिmने बताए । उनको सम्मानमा अमेरिकी झन्डा आँधी झुकाइएको छ । राष्ट्र सँघको सुरक्षा परिषदमा मौन धारण गरियो । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले मण्डेला एक सच्चा गाँधीबादी नेता भएको बताएका छन् ।
माइक्रोसफ्टका मालिक बिल गेट्सले एक प्रेरणादायी अन्तर्राष्ट्रिय नेता भनेर सम्मान गरेका छन् । मण्डेलाका अंगरक्षक रहिसकेका गोरा समुदायका रोरी स्टिनले उनलाई प्रजातन्त्रको एक खाँबोको रुपमा संझिन्छन् । विरासतमै उनले संस्कार पाएका थिए, गोराहरुको भिडले उठेर उनको सम्मान गथ्र्यो, उनले भने । बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले उनलाई सदैव प्रेरित गर्ने व्यक्तित्व बताए ।

उनले रंगभेदको मुद्दालाई अनैतिक र मूर्खताले भरिपूर्ण प्रमाणित गरेर देखाएको बताए । राष्ट्र सँघका महासचिव बान की मूनले उनलाई न्यायको योद्धा, धरातल नछाड्ने मानवको प्रेरणा स्रोत भएको बताए । सडकमा भाव विहृवल नागरिकदेखि बेलायतकी महारानीसम्मले उनलाई आदर र सप्रेम श्रद्धाञ्जली दिएका छन् ।

कमेन्टहरु
Loading...