एक अर्ब बढि लागतमा पोखरा ‘मानवसेवा धाम’ बन्दै

पोखरा, ५ साउन/ सेती नदीको किनार, तपोभूमि । तपोभूमिमा ‘मानवसेवा धाम’ निर्माण शुरु गरिएको छ । पोखरा २५ हेमजास्थित नदीकिनार बाबियातरामा ‘मानवसेवा धाम’ निर्माण शुरु गरिएको हो । धाम राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग खण्डले छुन्छ ।

मानवसेवा धाम नजिकै लक्ष्मी नारायणको मन्दिर निर्माण गरिने छ । लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलव्ध गराएको ६३ रोपनी जग्गामा मानवसेवा आश्रमले मानव सेवा धामको काम शुरु गरेको हो । मानव सेवा आश्रमले अहिले तीन वटा प्रोजेक्ट अगाडि बढाएको छ ।

पहिलो प्रोजेक्ट आश्रम(आश्रयस्थल) बनाइने मानवसेवा आश्रम गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले बताए । ‘३ सय आमा बुवालाई राख्ने क्षमताको आश्रम बनाउने छौं ’ उनले भने–‘त्यसपछि अर्को प्रोजेक्ट अन्तर्गत तालिम केन्द्र निर्माण गरिने छ ।’

आश्रममा परिवार नभएका, आफन्त पनि नभएका नितान्त एक्ला व्यक्तिविशेषलाई राखिने छ । तालिम केन्द्रमा २५० जना अटाउने हल निर्माण गरिने छ । सडकमा आईसकेका र आईसक्ने अवस्थाका आफन्त नभएका परिवारै नभएका बृद्धबृद्धालाई उद्दार गरेर तालिम केन्द्रमा राखेर अध्यामिक ज्ञान दिईने छ । आश्रमले पोखरामा अध्यात्मिक कक्ष निर्माण गर्ने योजना बनाएको छ ।

अध्यात्मिक कक्ष विशिष्ट व्यक्तिहरु समेत गएर परिवारैसँगै केही दिनको लागि बस्ने, योग, ध्यान लगायतका गतिविधि गर्नमिल्ने बनाईने छ । ६ वटा भवन निर्माण गरिने छ । किनमेल गर्नको लागि पसल, पूजा सामाग्री, अध्ययनको लागि पुस्तकालय र म्युजियम निर्माण गरिने उनको भनाई थियो ।

मानवसेवा धाम
मानवसेवा धाम

प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ जाने श्रद्धालु भक्तजनलाई सुविधा पु¥याउने उद्देश्यका साथ २ सय जनाले बस्ने र पकाएर खाने मिल्ने ‘यात्री सेवा सत्तल’ भौतिक संरचना निर्माण गरिने लक्ष्य रहेको छ । हेर्ने परिवार छैन् । आफन्त पनि छैनन् । तर धनसम्पति भने छ । त्यस्ता बृद्धबृद्धालाई लक्षित गर्दै छुट्टै ब्लक निर्माण गर्न दिईने आश्रमको योजना छ । ‘आफनै खर्चमा आफ्नै अनुकुलको ३ कोठाको एउटा ब्लक बनाउने सकिने छ’– उनले भने–‘पछि त्यो शेखपछि आश्रमकै हुने छ ।’

आफु बाँचुञ्जेल त्यति एउटा ब्लकमा बस्ने पाइन्छ । भान्सा, बैठक र नातेदार कक्ष गरी तीन कोठाको ब्लक बनाउने स्वीकृति प्रदान गरिएको उनले बताए । ब्लक ५० वटा बनाउने प्रारम्भिक योजना छ । त्यसको लागत भने व्यक्तिविशेष स्वयंले नै व्यहोरेर बनाउन स ।

दीर्घकालिन योजनालाई मानवसेवा आश्रमले गत जेठदेखि शुरु गरेको हो । ६ वर्षभित्र पुरा गर्ने योजना छ । शुरु गर्न गण्डकी प्रदेश सरकारले २४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । ‘प्रदेश सरकारबाट प्राप्त आर्थिक सहयोगले सिड मनिको रुपमा काम गरिरहेका छौं ।’ उनले भने–‘विभिन्न सहयोगी दाताकै सहयोगबाट योजना पुरा गर्ने लक्ष्यमा छौं ।’ उनले योजना पुरा गर्न एक अर्ब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारले पनि आर्थिक वर्ष २०७६/७७ को लागि एक करोड भन्दा बढी उपलब्ध गराउने प्रतिबद्धता गरेको उनले जानकारी दिए । मानव आश्रम धाम निर्माण गरि सञ्चालनमा आएसँगै यस क्षेत्रको थप पर्यटकीय गन्तव्यको रुपमा विकास भई धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत लिइएको छ ।

पोखरा–१७ छोरेपाटनमै मानवसेवा आश्रम रहेको छ । जहाँ होरात्र खुल्ला आकाशमुनी दिनरात कटाईरहेको समाजका असहाय एवम् मनोरोगीलाई आश्रय दिईरहेको छ । सडकमा लामो समयदेखि कष्टकर जीवन विताउँदै आएका मानिसहरुलाई उद्धार गरि गाँस, वास र कपासको व्यवस्था सहित दिएको पारिवारिक वातावरण दिएको छ । पोखरा बजारका सडक एवम् सार्वजनिक स्थलमा कहालि लाग्दो जीवन विताएका अनाथ, अशक्त, असहाय एवम् मनोरोगीको उद्धार गरि उनीहरूको उपचार, पालनपोषण, संरक्षण गर्दै पुनः पारिवारिक पुनर्मिलन गराउन थालिएको मानव सेवा आश्रम गण्डकी प्रदेश संयोजक तिमिल्सिनाले जानकारी दिए ।

२०७४ साल चैत १७ पोखरा बजारका विभिन्न स्थानबाट एकैदिन उद्धार गरिएका २३ जनाबाट शुरु गरिएको आश्रममा हाल दुई महिने शिशु सहित ९१ बर्षका जोष्ठ नागरिक लगायत कूल ९० जनाले आश्रय लिईरहेका छन् ।

आश्रममा आश्रित समाजका अनाथ, अपाङ्ग, अशक्त, असहाय एवम् मनोरोगीको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्निलनको माध्यमबाट नेपाललाई सडक मानव मुक्त गर्ने लक्ष्यका साथ संस्थाको स्थापना गरिएको हो । संस्थाको कास्की शाखामा उनीहरूको पालन पोषणमा दैनिक ३५ देखि ४० हजारसम्म खर्च हुने गरेको उनको भनाई छ ।

“सबैका लागि खाना, नाना र छाना हाम्रो चाहना” भन्ने मुख्य नारा सहित मकवानपुरमा मुख्य कार्यालय रहेको संस्थाका मोरङ, काठमाडौ, चितवन, ललितपुर, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की, रुपन्देही र धनगढी, सुर्खेत, लगायतका १२ वटा जिल्लामा शाखा तीन वटा उपशाखा छन् । मानवसेवा आश्रमको केन्द्रीय कार्यालय स्थापना भएको २०६९ सालमा हो । संस्थाले आठ हजार भन्दा बढी सडक मानव एवम् मनोरोगीको उद्धार गरिसकेको छ ।

कमेन्टहरु
Loading...