पोखरा महोत्सव स्थल आसपासमा सरसफाइ

पोखरा,२६ पुस /नवौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव आयोजक युनाइटेड क्लवले महोत्सव स्थल वरपर बृहत सरसफाइ गरेको छ । पुस २७ देखी माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवको पूर्व सन्ध्यामा आयोजक युनाइटेड क्लवले हस्पिटलचोक, महोत्सव स्थल अमरसिंह चौर हुदै अमरसिंह चोक आसपासका क्षेत्रमा बुधबार सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधी सम्मर बहादुर श्रेष्ठले पोखरा महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थल वरपर रहेका फोहोरहरु संकलन गर्ने काम हामी सवैको भएको वताए । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी आफ्नो वडाको तर्फबाट समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । सो अवसरमा वोल्दै नवौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सवलाई साथ दिएर सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिदै पोखरा महोत्सव लाई भब्य र सभ्य बनाउनका लागी सवैले आ आफ्नो ठाउबाट सहयोग गरिदिन समेत आग्रह गरे ।

सरसफाइ कार्यक्रममा क्लवका प्रतिनिधी, पोखरा बृहत सरसफाइ अभियानका प्रतिनिधी, महोत्सव सफल बनाउन गठित सम्पूर्ण उपसमिती, सल्लाहकार, विभिन्न संघ सस्थाहरुको सहभागीता रहेको सरसफाइ ब्यवस्थापन उपसमिती संयोजक नवीन श्रेष्ठले जानकारी दिए । महोत्सवमा यसपालि अपांगमैत्री शौचालय निर्माण गरिने समेत समेत श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...