ढिलासुस्ती नगरी सडक निर्माण गर्न मयेर जिसी निर्देशन

पोखरा, २ बैशाख /पोखराका मुख्य प्रबेशस्थलमा निर्माण भई रहेको सडकको पोखरामा महानगरपाकिलाका मयेर मानबहादुर जिसीले अनुगमन गरेर ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । पृथ्वीचोकमा निर्माण भईरहेको ढलाने सडकको काम ढिला हुदाँ पोखरा आउने पर्यटक र पोखरामा मुख्य प्रदेशस्थलमा नै जामको समस्या हुने गरेको छ ।

करिब २ करोडका लागतमा निर्माण भईरहेको सडक १ सय ७५ मिटर लम्बाइ र साढे १७ मिटर चौडा रहेको छ । १ फिट मोटाइमा ढलान हुने डिभिजन सडक कार्यालयका सिनियन सुपर भाइजन रमेश पौडेलले बताए । उनले असार मसान्त सम्म सकिसक्नु पर्ने सडकको दुई सिफ्टमा काम भएको बताए । त्यसै गरि मयेर जिसीले पोखरा सिद्धार्थ चोकमा निर्माण भई रहेको नाला निर्माण र सडक निर्माणको समेत अनुगमन गरेका छन् ।

एक महिनामा सकिसक्नु पर्ने काम ३ महिना सम्म पनि नसकिए पछि मयेर आफैले अनुगमन गरि छिटो काम सकेर तत्काल बाटो सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । उनले कामको गुस्तरियता, जनताको सेवालाई ख्याल गर्दै काम छिटो सम्पनन गर्न निर्देशन दिए । सडक निर्माण गर्दा पानीका पाइप फुट्ने, विद्युतका खम्बाहरुले अवरोध गर्ने गरेको निर्माण पक्षले बताएका छन् ।

कमेन्टहरु
Loading...