मादी गाउँपालिकाको पञ्चवर्षिय योजना

पोखरा, २४ असार/ कास्कीको मादी गाउँपालिकाले प्रथम पञ्चवर्षिय अवधिक योजनाको प्रारम्भिक प्रतिवेदनमा छलफल तथा अन्तरक्रिया गरेको छ । प्रतिवेदनका परामर्शदाता जियोनेट कन्सल्टेन्सीले गाउँपालिकाको १२ वटै वडामा पुगरे भौगोलिक, प्राकृतिक, जनसङख्य, कृषि, शिक्षा स्वास्थ्य, यातायात, धार्मिक आदि विभिन्न पक्षमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार पारेको हो ।

जियोनेटका प्रमुख परामर्शदाता प्रा.डा.कृष्ण के.सी.ले गाउँपालिकाभित्रको भौगोलिक अवस्था र त्यहाँ बसोबास गर्ने जातजातिको अवस्था एवं उनीहरुको सङख्य लगायतको बारेमा प्रतिवेदन प्रस्तुत गर्दै कास्कीको विकट बस्तीदेखि लिएर ऐतिहासिक थलोहरु समेत सबै मादीगाउँपालिका भित्र रहेको र नेपालका प्राय सबै भू–भागमा पाईने मौसमी हावा पानी पनि यस गाउँपालिकाभित्र पाइने भएकोले मादी गाउँपालिका सबै खाले पर्यटकका लागि उयुक्त ठाउँ रहेको बताउनु भयो ।

उहाँले सिक्लेसको माथिल्लो भागमा रहेको क्हपुचे हिमताल र गुरुङ जातिको ऐतिहासिक थलो क्होला सोंथर, कोरी आदिलाई प्रचार गर्न सके मादी नेपालकै उत्कृष्ट गाउँपालिका बन्न सक्ने बताउनुभयो । कुल ५ सय ६३ वर्ग मिटर क्षेत्रफलमा पैmलिएको मादी गाउँपालिका ५ सय २० मिटर उचाईदेखि ७ हजार ९ सय ३७ मिटरको उचाईसम्म पैmलिएको प्रतिवेदनमा उल्लेख गर्नुभयो । हाल मादीगाउँपालिकामा ४ हजार ३ सय १४ घरधुरीमा २५ हजार ७ सय ७९ जनसंङख्य बसोबास गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये गुरुङ ३९.७५ प्रतिशत, ब्राम्हण २४.३२ प्रतिशत, क्षेत्री १०.७३ प्रतिशत र बाँकी अन्य जातिको बसोबास रहेको छ ।

जियोनेटका अर्का प्रतिवेदन प्रस्तुत कर्ता प्रा.डा.लेखनाथ न्यौपानेले गाउँपालिकाको भौतिक विकास योजना सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाले पञ्चवर्षिय योजनामा गाउँपालिकाभित्रका विभिन्न ठाउँमा करिब १५ वटा झोलुङेपुल, १० वटा पक्की पुल निर्माण गर्ने तथा मुख्य तिन वटा सडकहरु राखी मिजुरे, काँहुखोला याङजाकोट र काँहुखोला दुधपोखरी सडकलाई कालोपत्रे गर्ने तथा अरुबाँकी सडकलाई व्यवस्थित ढल निर्माण गरि स्त्तर उन्नती गर्ने योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले मादी गाउँपालिका नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै यसको विकास गर्नका निम्ती आपूm लागिपर्ने बताउनुभयो । साथै उहाँले अबको कम्युनिष्टहरुले समाजमा उदहारणीय काम गरेर देखाउनुपर्ने बताउनुभयो । जनप्रतिनिधहरुलाई कार्यालय समयभित्र व्यक्तिगत कामको लागि फेसबुक तथा इन्टरनेट नचलाउनु आग्रह गर्दै जनप्रतिनिधि शासक नभएर जनताको सेवक बन्नुपर्ने बताउनुभयो । अहिले जनप्रतिनिधिले तलब भत्तामा ध्यान नदिई विकास निर्माणको काममा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद मनबहादुर गुरुङले सरकारले निःशुल्क बाँडने गरेको औषधी जनताले उपयोग गर्न पाएका छन कि छैनन त्यसको अनुगमन जनप्रतिनिधिले गर्नुपर्ने बताउनुभयो । अहिलेको जनप्रतिनिधिले धेरै अवसर र सुविधा पाएको हुनले यसलाई सदुपयोग गर्दै राम्रो काममा अघि बडनुपर्ने बताउनुभयो ।

कार्यक्रममा घरेलु केन्द्रिय कार्यालयका मणिराम नेपाल, नेकपाका नेता कृष्ण दाहाल, गैर सरकारी संस्था महासंघका पदम पहारी लगायतले प्रतिवदेनका विभिन्न पक्षमा आफनो सुझाव राख्नु भएको थियो । यसरी वृहत छलफलबाट पारित भएको यो प्रतिवदेन पारिमार्जित सहित प्रकाशित भएपछि यसैको आधारमा गाउँपालिकाले आफनो काम कारबाही अघि बढाउने गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत नारायण ढकालले गर्नुभएको थियोे भने उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...