लक डाउन थप गर्न सिफारिस

काठमाडौं, १६ चैत / उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा

नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि सात दिन थप गर्न सिफारीस गरेको छ ।

आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि लागू भएको लक डाउन ८ दिन सम्म थप गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निष्कर्ष निकालेको जानकारी प्राप्त भएको छ ।

बैठकले लक डाउनका कारण प्रभावित भएका नागरिकहरूलाई राहत दिनेबारे पनि मन्त्रिपरिषदमा सुझाव दिएको छ ।

कमेन्टहरु
Loading...