अनावश्यक खर्च रोकेर समाज सेवा गरौ ः बराल

पोखरा, ७ असोज /लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि वानका वृक्षारोपण कमिटि चियर पर्सन बालकृष्ण बरालले लायन्स क्लवले अनावश्यक खर्चलाई रोकेर समाज सेवा गर्नुपर्ने बताए । शनिबार पोखरामा लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले विजयादशमी, दिपावली, छठ, नेपालसम्वत लगायतका पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘लायन्स क्लवहरुले गर्ने अनावश्यक खर्च रोकेर त्यसरी खर्च गर्न छुट्याइएको रकम समाजसेवामा खर्च गर्नुपर्छ’ उनले भने । लायन्स क्लव अफ सिर्जना चौतारीका संस्थापक अध्यक्ष समेत रहेका उनले सिर्जना चौतारी र उसले स्पोन्सर गरेका ५ वटै क्लवलाई अनावश्यक खर्च रोक्दै सेवामुखी कार्यक्रम गर्न निर्देशन दिए । लायन्स क्लव सेवामुखी भन्दा प्रचारमुखी बढी भए भन्ने आवाज उठीरहेको बेला बरालको यस्तो निर्देशन आएको हो ।

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले शुभकामना आदान प्रदान कार्यक्रममा खादा लगायतका सामाग्री खरिद नगरी त्यस्तो रकम अनाथ बालबालिकालाई सहयोग गर्ने घोषणा गर्नु पहिलो सुरुवात भएको बताएका थिए ।
लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष समेत रहेका डिष्ट्रिक कमिटि मेम्बर सन्तोष घिमिरेले अबदेखि आयोजना हुने कार्यक्रममा खादा लगायतका अनावश्यक खर्चलाई समेत कटौती गरेर त्यसरी खर्च गर्न छुट्याइएको रकम अनाथ, असाहयलाई सहयोग गर्ने बताए । क्लबले शुभकामना आदानप्रदानको लागि छुट्टाएको रकम छिट्टै असाहयबालकलाई सहयोग गर्ने उनको भनाइ थियो ।

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष पुरुषोत्तमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चियर पर्सन विना गुरुङ, जोन चियर पर्सन बसन्त गिरी, कमिटि को चियर पर्सन दुर्गा कुमारी आचार्य, लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष कलाधर बाँस्तोला, प्रथम उपाध्यक्ष जित बहादुर थापा गोपाल, द्धितिय उपाध्यक्ष जीवन गोर्खाली, लायन्स क्लव अफ विरौटा साझा चौतारीका अध्यक्ष सिता पहारी, प्रथम उपाध्यक्ष रजनी कोइराला, लायन्स क्लव अफ युनिक चौतारीका अध्यक्ष एकराज गिरी, लायन्स क्लव अफ युनिटि चौतारीका अध्यक्ष सरस्वती गिरी, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका द्धितिय उपाध्यक्ष विधान गौतम, तृतिय उपाध्यक्ष टंक प्रसाद ढकाल, सचिव शंकर पाण्डे, कोषाध्यक्ष महेश्वर रिमाल, सदस्य सागर बराल, महेश्वर सुनार लगायतले नेपालीहरुको महान् पर्व विजयादशमी, दिपावली, छठ, नेपाल सम्वत लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै विकृतिरहित ढंगले चाडपर्व मनाउदै संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...