ध्रुव श्रेष्ठले सेकेण्ड भाइस गभर्नर पदमा उम्मेदवारी दिने

पोखरा, २२ फागुन /ध्रुव श्रेष्ठले लायन वर्ष २०१९/२० का लागि सेकेन्ड भाइस गभर्नर पदमा उम्मेदवारी दिने भएका छन् । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुदैछ ।

लायन्स क्लव अफ पोखरा अन्नपूर्णले आयोजना गरेको सिनियर लायनहरुको सहमति तथा परामर्श छलफलमा पोख्रेली लायनहरुले ध्रुव श्रेष्ठलाई सघाउने बताएका छन् । नेतृत्व लिनको लागि अहिलेसम्म श्रेष्ठले गरेको धैर्यतालाई सम्मान गर्दै अब पछाडी हड्न नहुने उनीहरुको भनाई रहेको छ ।

नाम र व्यक्ति विशेष भन्दा पनि व्यक्तिको कार्यक्षमता, दक्षता र क्लबको स्तरलाई हेर्दा डिष्ट्रिक्टको लायन वर्ष २०१८/१९ का चिफ एडभाइजर तथा लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष ध्रुव श्रेष्ठलाई नेतृत्व लिन अवसर दिनुपर्नेमा उनीहरुको भनाई छ ।

लायन्सको महाधिवेशन पोखरामै हुने भएपछि पोख्रेली लायनहरुलाई सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्ने दायित्व समेत बढेको छ । पोख्रेलीहरुको एकताको सन्देश दिनको लागि पक्ष विपक्षी नभनीकन सहमतिमा जानुपर्नेमा उनीहरुको सुझाव छ । यसका लागि अग्रणी र सक्षम व्यक्तिलाई अवसरमा दिनुपर्नेमा उनीहरुले जोड दिए ।

लायन्समा ४२ वर्षको लामो अनुभव लिएका श्रेष्ठले क्लबको स्थापनासँगै क्लबमा रहेर सामाजिक काम गर्दै आएका छन् । उनले प्रचारमा भन्दा कर्ममा विश्वास गर्ने लायनवादको सिद्धान्तलाई आत्मसात गर्दै सिनियर लायनहरुको सल्लाहा अनुसार नै आफूले उम्मेदवारी प्रस्तुत गर्ने र जिम्मेवारीका साथ काम गर्ने बताए ।

३२ वर्ष पुरानो लायन्स क्लव अफ पोखरा अन्नपूर्ण लायनवादको इतिहासमा उत्कृष्ट काम गर्दै उदाहरणीय क्लव बन्न सफल भएको क्लव पनि हो । यसअघि सेकेण्ड भाइस गभर्नरमा विशेश्वर आचार्यले मनोनयन दर्ता गरिसकेका छन् ।

वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले महाधिवेशन गर्ने मिति तय गरेर ‘कन्भेन्सन कल’गरेसँगै डिष्ट्रिक्टको चुनावी माहोल बढेको हो । महाधिवेशनमा वर्तमान फस्ट भाइस गभर्नर ईन्दु लम्सालले आगामी लायन वर्षको गभर्नर पदका लागि र वर्तमान सेकेण्ड भाइस गभर्नर मनबहादुर रोकाले फस्ट भाइस गभर्नरका लागि ‘एस’ मत लिनुपर्नेछ ।

कमेन्टहरु
Loading...