लायन्स क्लब अफ पोखरा लेक भ्यालीको वृक्षारोपण

पोखरा, १६ साउन लायन्स क्लब अफ पोखरा लेकभ्यालीले शनिबार एक कार्यक्रमको आयोजना गरि चार्टर डे सेलेब्रेसन, माईन्युट हस्तान्तरण तथा वृक्षारोपण गरेको छ । लायन बर्ष सन् २०१५र२०१६ का अध्यक्ष ले सन् २०१६र२०१७ का अध्यक्ष ईन्द्र भण्डारीलाई माईन्युट हस्तान्तरण गरेका थिए ।

लायन्स क्लब अफ पोखरा लेक भ्यालीको वृक्षारोपण
लायन्स क्लब अफ पोखरा लेक भ्यालीको वृक्षारोपण

कार्यक्रममा ध्रुव श्रेष्ठले उद्धाटन गर्दै लायन्सका सामाजिक कामहरु समाजसंग मिलेर गर्नुपर्ने बताउदै क्लबका पदाधिकारीहरुले आफ्नो पदीय दायित्वबोध गर्नुपर्ने बताए । भिटोफ नेपालका सल्लाहकार प्रेम शर्माले लायन्सले गरेका काम माननीय भएको भन्दै मानवीय बिकासमा लाग्नेले देश र बिदेशमा राम्रो कार्य गर्न सक्ने बताए ।

सो अबसरमा संस्थापक अध्यक्ष राजेश पहारी र बर्तमान अध्यक्ष इन्द्र भण्डारीले संयुक्त रूपमा केक काटेर चार्टर डे सेलेब्रेसन गरिएको थियो । उक्त कार्यक्रममा जोन चियर पर्सन यदु अधिकारी, जिल्ला सल्लाहकार अनिला श्रेष्ठ, भगवान पहारी लगाएतले क्लबले सामाजिक क्षेत्रमा अनुकरणीय काम गर्दै आएको बताए ।

साथै पोखरा ६ खहरेस्थीत बंगलादी सामुदायिक भवन परिसरको २ रोपनी क्षेत्रमा बेल, रुद्राक्ष, आँप, लिची, अम्बा, नीम, पारीजात, कपुर लगायत फलफूलका वृक्ष रोपण गरिएको कार्यक्रम संयोजक रामप्रसाद गौतमले बताए । क्लबका अध्यक्ष इन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुर्व सचिव राजेन्द्र कोइरालाले गरेका थिए ।

कमेन्टहरु
Loading...