पोखरा मिड टाउन र मेट्रो सिटीको पदस्थापन

पोखरा, १० भदौ /लायन्स क्लब अफ पोखरा मिड टाउन र लायन्स क्लब अफ पोखरा मेट्रो सिटीको तेस्रो पदस्थापन कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको छ । दुवै क्लबका लायन वर्ष २०१६÷१७ का अध्यक्ष, पदाधिकारी र सदस्यलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका डिष्ट्रिक गभर्नर बालकृष्ण बुर्लाकोटीले पदस्थापन गराएका हुन् ।

पोखरा मिड टाउन र मेट्रो सिटीको पदस्थापन
पोखरा मिड टाउन र मेट्रो सिटीको पदस्थापन

उक्त अवसरमा बोल्दै बुर्लाकोटीले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्न दुवै क्लबलाई आग्रह गरे । ‘सामाजिक क्षेत्रमा नेपालका लायन्स क्लबहरुले पु¥याएको योगदान महत्वपूर्ण एवं प्रशंसनीय छ,’ उनले भने, ‘रचनात्मक काम गरेर सबैको मन जित्न म सबै क्लबलाई आग्रह गर्छु ।’

पदस्थापन पछि मेट्रो सिटीका लायन वर्ष २०१५÷१६ का अध्यक्ष धर्ममान सिंह भण्डारीले २०१६÷१७ का अध्यक्ष आनन्दराज पौडेललाई र मिड टाउनका लायन वर्ष २०१५÷१६ का अध्यक्ष कृष्णराज पोखरेलले २०१६÷१७ का अध्यक्ष विष्णुप्रसाद बास्तोलालाई पद हस्तान्तरण गरे । निबर्तमान अध्यक्ष बनेका भण्डारी र पोखरेलले आगामी दिनमा पनि आफ्नो क्लबलाई सफल बनाउन सक्दो सहयोग गर्ने बताए । पदस्थापित अध्यक्ष पौडेल र बास्तोलाले आफ्नो कार्यकालमा उत्कृष्ट काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त अवसरमा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठ, निबर्तमान डिष्ट्रिक गभर्नर ध्रुवबहादुर थापा, प्रथम डिष्ट्रिक गभर्नर धनराज आचार्य, रिजन चेयरपर्सन सुदिपराज ढुंगाना, जोन चेयर पर्सन चन्द्रकान्त बराल, मिड टाउनका प्रथम उपाध्यक्ष ठाकुरप्रसाद अधिकारी, द्वितीय उपाध्यक्ष देवी तिमिल्सिना, सचिव सुरेन्द्र पौडेल, मेट्रो सिटीका सचिव सुशील केसी, मिड टाउनका सहकोषाध्यक्ष विजय पाठक लगायतले बोलेका थिए ।

दुवै क्लबका आमन्त्रित नयाँ सदस्यलाई पदस्थापन कार्यक्रमको अवसरमा स्वागत गरिएको मेट्रो सिटीका सचिव सुशील केसीले जानकारी दिए । मेट्रो सिटीका नयाँ सदस्य ध्वजकुमार गुरुङ, ओम थापा र मिड टाउनका नयाँ सदस्य राजन भण्डारी, यामबहादुर जिसी, लेखबहादुर केसी, डा. शंकर पौडेल, रामजी केसी, शिवकुमार बञ्जारा, रत्नबहादुर भुजेल र अमित भुजेललाई डिष्ट्रिक गभर्नर बुर्लाकोटीले माला लगाएर स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...