लायन्स शतवार्षिकमा पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण

सागर राज तिमिल्सिना
पोखरा, २६ फागुन/लायन्स क्लब अन्तराष्ट्रिय स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा पोखरामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका करिब १०० जना व्यक्तित्वलाई नागरिक अभिनन्दन गरिएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ को आयोजनामा सम्मानित व्यक्तित्वलाई पोखराको सभागृहचोकबाट रथारोहण गराई चिप्लेढुङ्गा महेन्द्रपुल हुदै प्रर्दशनी केन्द्र नयाँ बजारमा नागरिक अभिनन्दन गरिएको हो ।

विशिष्ट व्यक्तिलाई उपराष्ट्रपति नन्दबहादुर पुन(पासाङ), प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुबँर, मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, लायन्सका विभिन्न व्यक्तित्वहरुले अभिनन्दन गरे ।

लायन्स शतवार्षिकमा पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण
लायन्स शतवार्षिकमा पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले राष्ट्रमा तीनवटै तहको निर्वाचन सम्पन्न भैसकेका कारण संविधान कार्यान्वयनले सुखद् पूर्णता पाउन लागेको बताए । देश राजनीतिक स्थिरता तर्फ उन्मुख बनेको बताउँदै उनले अब देश आर्थिक समृद्धिको मार्गमा जाने विश्वास व्यक्त गरे । आर्थिक समृद्धिको मार्गमा देश बढ्ने बताउँदै उनले प्रत्येक नेपालीको सामाजिक आर्थिक रुपान्तरण आवश्यक भएको उल्लेख गरे । लायन्सले मानवीय सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पर्यावरणका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए ।

कार्यक्रममा उद्योगपति, साहित्यकार, समाजसेवी, कलाकार, खेलाडी, पत्रकार लगायतका समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १०० जना व्यक्तित्व छनौट गरी उनीहरूलाई लायन्स इन्टरनेशनल स्थापनाको १०० वर्ष पूरा भएका अवसरमा नागरिक अभिनन्दन एवम् रथारोहण गरिएको कार्यक्रम संयोजक एवम् लायन्स इन्टरनेशनल ३२५ बी १ का डिष्ट्रिक गभर्नर धनराज आचार्यले बताए । शतवार्षिक समारोहका अवसरमा विभिन्न १०० वटा विशेष कार्यक्रम सहित अघि बढीएको जानकारी दिदै अधिकांश कार्यक्रम सफल बनिसकेको उनले बताए ।

सम्मानीत हुनेमा शिक्षाविद् केदारभक्त माथेमा, बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, राजेश हमाल, सिताराम कट्ट, योगी विकाशानन्द, पुतली बाजे, बैकुण्ठ मानन्धर, यादब खरेल लगायतलाई अभिनन्दन गरिएको थियो ।

लायन्स शतवार्षिकमा पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण
लायन्स शतवार्षिकमा पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण

सम्मान कार्यक्रममा बरिष्ठ कलाकार हरिबंश आचार्यले समृद्ध नेपाल निर्माणका लागि दृढ इच्छाशक्ति भएका नेताहरूको आवश्यकता भएको धारणा राख्दै नेपालीहरूको समृद्धिको चाहनालाई पूरा गराउनुपर्नेमा जोड दिए । आजभन्दा सय वर्ष अगाडि प्रथम विश्वयूद्धबाट क्षतविक्षत भएको तत्कालीन समाजमा मानवीय सेवा, मानिसहरु बिच दुःखमा समवेदना प्रकट गर्न तथा घाउमा मलमपट्टी लगाउने उद्देश्यसहित लायन्सको स्थापना भएको डिष्ट्रिक गभर्नर आचार्यले बताए । ‘हाल संसारका २११ देशमा शिक्षा, स्वास्थ्य र वातावरण एवं पर्यावरण संरक्षणमा विशेष योगदान पु¥याउँदै आएको लायन्स नेपालमा बिगत ४७ वर्षदेखि विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय रुपमा क्रियाशील छ ।’

नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला संस्थापक अध्यक्ष रहेको यस संस्थाले अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एवं शिक्षण संस्थाहरुको विकास र बिस्तारमा उल्लेखनीय योगदान पु¥याएको डिष्ट्रिक गभर्नर आचार्यले बताए ।

कमेन्टहरु
Loading...