सहयोगले मुस्कान पलायो संक्रमित लक्ष्मी अधिकारीमा

पोखरा, १२ चैत्र/एचआइभी एड्स संक्रमित एकल महिला लक्ष्मी अधिकारी यतिवेला मख्खछिन् । विगतमा समाजबाटै अपहेलित संक्रमित अधिकारी पुरुञ्चौर तल्लाकोट कुसुमस्थित आँकुरा केयर भिलेजमा सामाजिक अभियन्ता महेस गुरुङको पहलमा सोलार बत्तीले उज्यालो बन्यो, दुहुना भैसी गोठमा भित्रिएको मात्रै होइन फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारीको वचत र व्याजको पासबुक हातमा थमौती भए पश्चात उनी मख्ख बनेकी हुन ।
ठुलै आँटका साथ संक्रमित हुँ भन्ने सार्वजनिकीकरण गरे पश्चात समस्यै समस्यामा झेलिएकी लक्ष्मी अधिकारीलाई विहीबार एक कार्यक्रम विच ६६ हजार ७२६ रुपैयाको वचत र व्याजको पासबुक सामाजिक अभियन्ता महेस गुरुङ, फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ,एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्मोहन गौचन, शिक्षासेवी समाजसेवी अशोक पालिखे लगायतले सामुहिक रुपमा अधिकारीलाई बचत र ब्याज बुक हस्तान्तरण गरिएको थियो ।

सामाजिक अभियन्ता महेस गुरुङले सञ्चालन गर्नुभएको सहयोग अभियान अन्र्तगत आँकुरा केयर भिलेजमा सोलार बत्ती जडान र दुहुना भैसी खरिद पश्चात वचत भएको ५२ हजार १११ रुपैया, फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारीले ८ हजार, सँस्कृतिकर्मी बुद्धिमान धम्पु र उहाँको धर्मपत्नी भिमसरा दुराबाट १ हजार ६१०, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङल १ हजार ५, फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारीका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले १ हजार, उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले १ हजार, सचिव तथा व्यवस्थापक हरिभक्त पौडेलले १ हजार र सञ्चालक सदस्य रामकाजी गुरुङले १ हजार गरी ६६ हजार ७२६ रुपैया फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारीमा वचत गरी पासबुक अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

सहकारीमा खाता खोल्नु अघि सहयोगीहरुले उक्त रकम लक्ष्मी अधिकारीलाई सहयोग गर्नुभएको थियो अभियन्ता महेस गुरुङको अभियानबाट वचत रकमसहित सहयोगीहरुको रकमबाट खाता खोलिएको थियो । उक्त खाता एड्स रोग नियन्त्रण संघका कास्की अध्यक्ष विश्वमोहन गौचनको अनिवार्य र सहारा क्लव पोखराका अध्यक्ष वीरभद्र आचार्य र लक्ष्मी अधिकारी कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन गरिएको छ । उक्त वचतबाट प्राप्त व्याजबाट आँकुरा केयर भिलेजमा रहेका संक्रमित ६ जना बालबालिकाको भरणपोषणमा सहयोग पुग्ने अभियन्ता महेस गुरुङल अपेक्षा गर्नुहुदै आँकुराका लागि थप सहयोगको खाँचो रहेको बताउनुभयो ।

आँकुरा केयर भिलेजमा सोलार बत्ती, गोठमा दुहुना भैसी पश्चात सहकारीमा बचत समेत पासबुक ग्रहण पश्चात लक्ष्मी अधिकारीले अभियन्ता महेश गुरुङका साथै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हिजो धपिएकी अधिकारी आज सहयोगीहरुकै सहयोगको थोपा थोपाले आँकुरा भिलेज बाँचको बताउनुभयो । अधिकारीले एड्स रोग नियन्त्रण संघका अध्यक्ष विश्वमोहन गौचनकै आँट र भरोसामा सँस्था थामिएको हो भन्नुहुदै विश्व शाक्य, अशोक पालिखे, महेश गुरुङ आफ्नो लागि भगवान भएको बताउनुभयो ।

कमेन्टहरु
Loading...