आउदो शैक्षिक सत्र देखि पोखरा १३ लामोडहरमा राइजिङ स्टार सन्चालन हुने

पोखरा १३ माघ /राइजिङ स्टार एकेडेमी स्कुलले पोखरा १३ लामोडहरमा परिचयात्मक कार्यक्रम गरेको छ । पोखरा १२ सितलादेवीमा सन्चालनमा रहेको स्कुलले आउदो शैक्षिक सत्र देखि पोखरा १३ लामोडहरमा सन्चालन गर्ने उद्रेयश्यले उक्त क्षेत्रका स्थानिय ब्यक्तीत्वहरु लगाएत अन्य ब्यत्तीत्वहरु सँग परिचात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा वोल्दै विद्यालय सन्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक ज्ञान वहादुर कार्कीले आफुहरु छुट्टै भिजन लिएर आउदो शैक्षिक सत्र देखि पोखरा १३ लामोडहरमा सन्चालन गर्न लागेकोले यहाँका स्थानिय समुदायलाई सयोग गर्न आग्रह गद्र्रे करीव ६ करोडको योजना सहीत स्कुल सन्चालन गर्न लागेको बताए । कार्यक्रममा राइजिङ स्टार एकेडेमीका प्राचार्य सन्जय पौडेलले करीव १६ रोपनी जग्गाँमा स्कुल सन्चालन हुने भएको हुदा विद्यार्थीहरुलाई कुनै पनि कुराको कमी हुन नदिने बताए । उनले सेती पारीको उत्कृष्ट स्कुल हुने उध्यश्य अनुसार नयाँ ब्यवस्थापनका साथ स्कुल सन्चालन हुन लागेको बताए ।

कार्यक्रममा एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष यमवहादुर खड्काले राइजिङ स्टार स्कुल एन प्याब्सनका उत्कृष्ट स्कुल भित्र पर्ने भएको हुदा आगामी दिनहरुमा पनि उत्कृष्ट नतिजा निकाल्न सफल हुने बताए । प्याब्सनका केन्द्रिय सदस्य तथा पोखरा महानगर शिक्षा समिति सदस्य कृष्णवहादुर के।सीले विद्यालयले नाफा मुखि नभई सेवामुखि भएर काम गर्नु पर्ने वताउदै रायजिङ स्टार स्कुलले कम शुल्कमा गुणस्तरीय शिक्षा दिएको बताए ।

कार्यक्रममा नेपाली काग्रेस पोखरा १३ का सभापति तथा भद्रकाली मा।विका सल्लाहकार अर्जुन सिग्देल पोखरा १३ का वरीश्ठ समाजसेवी तथा नेकपाका नेता प्रकाश सिग्देल बाँझापाटन तमु समाज पोखरा १३ का अध्यक्ष कृष्णवहादुर गुरुङ तथा उदगम टोल विकास संस्थाका अध्यक्ष विष्णु आचार्य लगायतले राइजिङ स्टार एकेडेमी स्कुलको पोखरा १३ मा आगामन सगै आफुहरुलाई खुशी लागेको बताउदै आफ्नो आफ्नो तर्फबाट सक्दो सयोग रहने बताए । विद्यालय सन्चालक समितिका सदस्य डा। बावुराम अधिकारीले स्वागत गरेको कार्यक्रममा विद्यालयका सन्चालकहरु तथा स्थानिय ब्यक्तीत्वहरु बिच परीचय कार्यक्रम समेत गरीएको थियो ।

कमेन्टहरु
Loading...