लामाचौर तीज महोत्सव एवम् राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी तिव्र

पोखरा, ३० असार / हरितालिका तीजको अवसरमा संचालन हुने लामाचौर तीज महोत्सव एवम् राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा सञ्चालन हुने उक्त महोत्सव आगामी भदौं १२ गते देखि शुरु हुनेछ । भदौं १६ गतेसम्म संचालन हुने उक्त महोत्सवको तयारि तिव्र पारिएको महोत्सव प्रचार प्रसार संयोजक बुद्धि बहादुर खत्रीले बताए ।

समाजको २३ औं बार्षिकोत्सवको अवसरमा आयोजना हुने उक्त महोत्सव पोखरा लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मी माविको परिसरमा संचालन हुने समाजका अध्यक्ष कमल बहादुर थापा ले बताए । “मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्घोषका साथ आयोजना हुने उक्त महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष थापाले बताए ।

महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने भएको पुर्व अध्यक्ष एवं महोत्सव अनुगमन तथा मूल्याङ्गकन समिति संयोजक धर्ममान सिंह भण्डारीले बताए ।

महोत्सवमा मनोरञ्जनको निम्ति राष्ट्रिय महिला भलिबल प्रतियोगिता, अन्तर समूह तिज गित प्रतियोगिता, अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता, अन्तर बिद्यालय लोक नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, श्रष्टा सम्मान, नरबहादुर बानियाँ स्मृति प्रदेश स्तरिय सितेरियो कराँते प्रतियोगिता एबं बाल उधान लगायत का विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने भएका छन् ।

कमेन्टहरु
Loading...