लेकसाईड डोजाङ्गद्धारा फेवाताल सरसफाई

पोखरा, १८ असार/लेकसाईड डोजाङ्गले आईतबार फेवाताल सरसफाई गरेको छ । फेवातालमा बढ्दो फोहोरलाई न्यूनिकरण गर्न राममन्दिर किनारको तीन किलोमिटर वरिपरि डोजाङ्गले बाराहीघाट समितिको सहयोगमा सरसफाई गरेको हो ।

सरसफाईबाट प्लाष्टिकको १५ बोरा फोहोर संकलन गरिएको डोजाङ्गका प्रमुख प्रितम कुवँरले जानकारी दिए । सरसफाई कार्यक्रममा ईटालियन नागरिक दियानाको विशेष उपस्थिति रहेको थियो । उनले फेवताल सरसफाई गर्न पाउँदा आफुलाई रमाइलो अनुभव भएको सुनाईन् । साथै उनले पोखरा आएर लेकसाईड डोजाङ्ग लगायत विभिन्न ठाउँमा सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् ।

कार्यक्रममा लेकसाईड डोजाङ्ग र बाराहीघाट समितिका गरि १५ जनाको सहभागीता रहेको थियो । उक्त संकलित फोहोर महानगरद्धारा सञ्चालित फोहोर फ्याक्ने गाडीमा पठाईएको कुवँरले जानकारी दिए ।

कमेन्टहरु
Loading...