लेखनाथमा भ्यान्टिलेसनबाट मुलढोका खोलेर लाख चोरी

पोखरा, १० साउन /कास्कीको लेखनाथ १ भण्डाढीकमा केही दिन पहिल चोरी भयो । अहिले प्रहरीले चोरीमा संलग्नको खोजी कार्य गरेको बताए पनि करिब एक साता वित्न लाग्दा पनि चोरको कुनै सुइको पाउन सकेको छैन ।

लेखनाथ १ भण्डाढीककी हुममाया गुरुङको घरमा मुल ढोका खोलेर करिब १ लाख बराबरको चोरी भएको थियो । श्रीमान् बिते र दुःखमा परेकी हुममायाले आवश्यक पर्ने रकम घरमै राखेकी थिइन् । त्यही थाहा पाएर चोर आए छ कि उनले गन्थन डटकम सगँ भनिन्, नगद २२ हजार र सुनका गहना चोरेर लगेछ ।

उनले राती करिब २ बजे तिर घर कै मान्छे हो कि भनेर बोलाउदा चोरी भएको थाहा पाएको बताइन् । उनले भनिन् भ्यान्टीलेसनबाट मुल ढोका खोलेर भित्र पसेको रहेछ उठेर बोलाउदा भगेपछि चोरी भएको थाहा भयो । प्रहरीले चोरीमा संंलग्नको खोजीकार्य भइरहेको जानकारी बताएको छ ।

कमेन्टहरु
Loading...