लेखनाथ मालपोत कार्यालयबाट घुस सहित दुई जना पक्राउ

पोखरा, ४ असोज/ पोखराको लेखनाथमा रहेको मालपोत कार्यालयबाट घुस सहित दुई जना पक्राउ परेका छन् ।

आइतबार मालपोतका खरिदार र लेखापढि ब्यवसायीलाई अख्तियारले १२ हजार रुपैया घुस रकम सहित पक्राउ गरेको हो ।

एक सेवाग्राहीको जग्गा नामसारी गर्न दुई दिन देखि आनाकानी गरिरहेका खरिदार प्रकाश पौडेल र लेखापढि ब्यवसायी मनोहरी भट्टराईलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका मालपोतका कर्मचारी र लेखापढि ब्यवसायीलाई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

कमेन्टहरु
Loading...