लेखनाथमा बोलेरो जिपले ठक्कर दिदा स्कुटी चालक घाईते

लेखनाथ, २१ असार /लेखनाथ नगरपालिका ७ स्थित बा ३ च ३१२२ नम्बरको बोलेरो जिपले ग ६ प ३६०४ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक घाइते भएकी छन् ।

जिल्ला बाग्लुङ बुर्तिबाङ घर भई हाल लेखनाथ नगरपालिका ७ सातताल दोहोरी साझँमा काम गर्ने बर्ष २१ कि सपना सुनुवार घाईते भएकी हुन् । उनलाई पोखराको मणीपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ ।

बोलेरो जिप सहित चालक फरार रहेकाले खोजी भई रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...