लेखनाथ पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, १० पुस/ लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय पोखराका समाचारदाता वासुदेव पौडेललाई सम्मान गरिने भएको छ ।

समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई ११ हजार १११ रुपैयाँ नगद र सम्मापत्रबाट सम्मान गरिदै आइएकोमा यस वर्ष पौडेललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

मञ्चका अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाण्ज्यि संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा महानगरपालिकाका प्रतिनिधि राममणि अधिकारी,सल्लाहकार भरतप्रसाद तिवारी रहेको छनौट समितिले यस वर्ष पौडेललाई उक्त पुरस्कारका लागि छनौटगरेको हो ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा पिता गुरुप्रसाद पौडेल र माता शान्ता पौडेलबाट २०३८ साल असारमा जन्मेका पौडेलले पोखराबाट प्रकाशित जनमन्थन पत्रिकामा स्तम्भ लेखन हुँदै कीर्तिपुर काठमाडौंबाट प्रकाशित इभिनिङ टाइम्स साप्ताहिकमा सहसम्पादक, कीर्तिपुर पोष्ट र स्वर्णिम सन्देश पत्रिकामा सम्पादकको जिम्मेवारी बहन गरिसकेका छन् ।

२०६३ सालदेखि निरन्तर रुपमा राष्ट्रिय समाचार समितिमा आवद्ध पौडेलले राससको केन्द्रीय कार्यालय काठमाडौंमा रहँदा समेत लेखनाथ क्षेत्रका समाचार सम्प्रेषण गर्दै आएकोमा पछिल्ला समयमा रासस गण्डकी प्रदेश कार्यालय पोखराबाट लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षका साथै तालैतालको शहरका रुपमा लेखनाथ क्षेत्रलाई चिनाउदै दर्जनौं खोजमुलक समाचार सम्प्रेषण गरिसकेका छन् ।

राष्ट्रिय समाचार समितिबाट दुई पटकसम्म वर्ष उत्कृष्ट आलेख समाचारदाताबाट सम्मानित भइसकेका उनी दहचोक एकता क्लब सम्मान – २०६९, कंकालीमाई विकास सरोकार केन्द्र सम्मान – २०७०, संसारी युथ फाउन्डेशन सम्मान – २०७२, प्रथम चन्द्रागिरी महोत्सव सम्मान– २०७४, बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट सम्मान – २०७५, अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव – २०७५ सम्मान, अन्नपूर्ण पत्रकारिता पुरस्कार – २०७६, क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पत्रकारिता पुरस्कार – २०७६ बाट सम्मानित तथा पुरस्कृत भैसकेका छन् ।

कमेन्टहरु
Loading...