लेकसाइडको होटलबाट जुवा खेल्दै गरेका ७ जना पक्राउ

पोखरा, १२ जेठ /जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइडको एक होटलबाट ७ जनालाई जुवा खेल्दै गरेका बेला पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ लेकसाईड स्थित होटल लेक डायमण्डबाट तास खेली रहेका ७ जना सहित ४ बुक तास र नगद ८५ हजार ६ सय ७५ रुपैया सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा होटल लेक डायमण्डका संचालक ४८ बर्षिय मनकुमार मुखिया, मोरङ पथरी शनिस्चरे नगर पाकिला ४ घर भई हाल पोखरा ६ लेकसाईड बस्ने ४३ बर्षिय विरेन्द्र अधिकारी, ४२ बर्षिय देव श्रेष्ठ, मकवानपुर मनहरी ३ घर भई पोखरा ६ लेकसाईड बस्ने ४० बर्षिय चन्द्र लामा, पोखरा २६ का ३६ बर्षिय विरेन्द्र दाहाल, मकवानपुर हेटौडा ९ घर भई हाल पोखरा ६ बस्ने ३४ बर्षिय लक्ष्मण लामा, सुनसरी धरान १५ घर भई पोखरा ६ बस्ने ३७ बर्षिय अमित तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...