ठुलो मात्रामा लागुऔषध सहित तीन जना पक्राउ

पोखरा, २४ साउन /प्रहरी कार्यालय बैदाम र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले ठेलो मात्रामा लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपाकिाल ९ पृथ्वीचोकबाट पोखरा १ बगरका राजिब गुरुङ, दुतमान गुरुङ र कपिलवस्तु बाणगंगा नगरपाकिला ३ बस्ने शेषकान्त थारुलाई लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ परेका तीनजनाबाट ब्रुपिनर्फिन १८० थान, फेनार्गन १८० थान, डाईषापाम १८० थान, नाईट्रोसन – ३० चक्की, नगद १८ हजार र ५ थान मोबाईल रहेको प्रहरीले जानकारी दिएको छ ।

दुतमान गुरुङ र राजीव गुरुङ लामो समयदेखि पोखरा क्षेत्रमा लागु औषध बिक्रि बितरणमा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ । शेषकान्त थारु भारतदेखि पोखरासम्म लागु औषध ल्याउने काम गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । थारुले ल्याए बापत निश्चित रकम पाउने गरेको अनुसन्धानले देखाएको प्रहरीले जानकारी दियो । निजहरुलाई थप कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको छ ।

कमेन्टहरु
Loading...