ला ग्रान्डी इन्टरनेसनल कलेजमा ‘ला ग्रान्डी एक्सपो’

पोखरा, १६ साउन/ला ग्रान्डी इन्टरनेसनल कलेज, पोखराले दोस्रो ‘ला ग्रान्डी एक्सपो २०१८’ गर्ने भएको छ । ‘बृजिङ एकेडेमी टु कम्युनिटी’ भन्ने नाराका साथ साउन १८ र १९ गते क्याम्पस परिसरमा सञ्चालान हुने एक्सपोमा विद्यार्थीहरुको क्षमता अभिवृद्धमा टेवा पुग्ने लक्ष लिइएको छ ।

विद्यार्थीहरुलाई कुनै न कुनै तवरबाट अवसर दिनु पर्छ भनेर एक्सपो सञ्चालन गरिएको कलेजका प्रिन्सिपल इन्जिनियर किरण के.सी.ले बताए । एक्सपोले आइटीलाई विशेष फोकस गरे पनि विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नु यस्को मुख्य उद्देश्य रहेको प्रिन्सिपल के.सी.ले सुनाए ।

‘यस्ले विद्यार्थीलाई वास्तविक आवश्यकता पहिचान गरेर त्यसलाई समाधान गर्न सिकाउँ छ,’ उनले भने, ‘ला ग्रान्डीले नेतृत्व गरे पनि यो सम्पूर्ण समुदायको कार्यक्रम हो ।’ विद्यार्थीको इन्टर्नसिपका लागि वेष्ट सर्भिस प्रा.लि. र सफ्ट टेक प्रा.लि.सँग क्याम्पसले सहकार्य समेत गरेको छ । पहिलो एक्सपो २०१० मा गरिएको थियो ।

कमेन्टहरु
Loading...