मिड टाउनका अध्यक्ष पोखरेल उत्कृष्ट

पोखरा, ५ फागुन /लायन्स क्लब अफ पोखरा मिड टाउनका संस्थापक अध्यक्ष कृष्णराज पोखरेल उत्कृष्ट अध्यक्ष उपाधिबाट सम्मानित भएका छन् ।

कृष्णराज पोखरेल
कृष्णराज पोखरेल

रिजन ३, जोन ५ अन्तर्गतका क्लबहरुका अध्यक्षहरु मध्यमा पोखरेल उत्कृष्ट बन्न सफल भएका हुन् । क्लबले गरेका विभिन्न गतिविधि, उत्कृष्ट काम र डिस्ट्रिकसँगको समन्वयका आधारमा उत्कृष्ट अध्यक्ष चयन गरिएको हो ।

जोन ५ का जोन चेयरपर्सन मदन द्वाले मंगलबार आयोजित तेस्रो जोन मिटिङमा पोखरेललाई सम्मान गरेका हुन् । उत्कृष्ट अध्यक्षको उपाधिले लायन्स क्लबमा थप क्रियाशील भएर समाज सेवाको क्षेत्रमा काम गर्न प्रेरणा मिलेको अध्यक्ष पोखरेलले बताए ।

कमेन्टहरु
Loading...