खानेपानीका कर्मचारी आन्दोलित, पोखरा शाखाले ठप्प पार्ने चेतावनी

पोखरा, २ मंसिर / नेपाल खानेपानी संस्थानमा अध्यक्ष पद नियुक्ति नहुँदा समस्या परेको कर्मचारी युनिययनले जनाएको छ । गत साउनदेखि रिक्त अध्यक्ष एवं पदपूर्ति अध्यक्ष नहुँदा कर्मचारीको वृद्धि विकास एवं अन्य काम प्रभावित भएको हो ।

संस्थानमा क्रियाशील ४ वटा युनियनले अध्यक्ष नियुक्ति, सर्वोच्च अदालतको फैसला कार्यान्वयन, इन्जिनियर पदको आन्तरिक विज्ञापन रोकिनुमा मन्त्रालय दोषी भएको ठहर गरेको छ ।

संस्थानमा विगत २०–२२ वर्षदेखि करारमा कार्यरत कर्मचारीको व्यवस्थापन नहुनु, व्यवस्थापन पक्षले कानमा तेल हालेर बस्नु दुखको कुरो भन्दै संयुक्त कर्मचारी संघर्ष समितिका प्रवक्ता समिर पण्डितले छिटो भन्दा छिटो समस्या हल गर्न व्यवस्थापनसँग अनुृरोध गरेका छन् ।

संघर्ष समितिले मंसिर २ गतेदेखि थाल्ने आन्दोलनमा बार्ता कमिटी गठनपछि मंसिर ३ गते संस्थानको मुख्य कार्यालय त्रिपुरेश्वरमा हुने बार्तासँगै आन्दोलन जारी रहेको सूचना अधिकारी केदार धमलाले जानकारी दिए ।

खानेपानी मन्त्री विना मगरको कार्यदक्षता एवं कुसलतामा प्रश्न चिह्न लागेको छ । आफू मातहतका विभाग तथा संस्थानको लथालिंग बनाउँदै लगेकी मन्त्री मगरले खानेपानी संस्थानमा अध्यक्ष नियुक्ति गर्न नसक्नु, मजदुरलाई बढेको तलबसमेत खुवाउन नसक्नु, संस्थानको दायरा फराकिलो बनाउन नसक्नु उनको दोष रहेको छ ।

यता संस्थानका महाप्रबन्धक डा भूपेन्द्र प्रसादको कार्य क्षमता कमजोर भएको आरोप संयुक्त कर्मचारी संघर्ष समितिका संयोजक रामजी अर्यालले लगाएका छन् । देशभर १ लाख ४० हजार धारा मार्फत करिव ४० लाख उपभोक्तालाई सेवा दिँदै आएको संस्थानमा ९ सय बढी दरबन्दी भएपनि ५ सयको हाराहारीको संख्यालेमात्र सेवा दिँदा प्रभावकारी सेवा पाउन नसकेको उपभोक्ताहरुले आरोप लगाउँदै आएका छन् ।

संयुक्त संघर्ष समितिले

मंसिर १० गतेदेखि संस्थानका २२ वटै शाखा कार्यालयमा आन्दोलनको कार्यक्रम तय गरेको समितिका सहसंयोजक पदमहरि राईले जनाएका छन् । राईका अनृुसार सबै शाखामा कार्यरत कर्मचारी एक भएर आन्दोलनमा सघाउन अनुरोध गर्दै कार्यरत करार, ज्यालादारी तथा स्थायी कर्मचारीको समग्र हितमा रहेको प्रतिक्रिया दिए ।

यता संस्थानको मेरुदण्ड पोखरा शाखामा आन्दोलन तयारी बैठकले व्यवस्थापनसँग झुकेर आन्दलोलनलाई कमजोर पार्न नहुने नेपाल खानेपानी संस्थान कर्मचारी संघका इकाइ अध्यक्ष विष्णुप्रसाद रेग्मीले जनाएका छन् ।

बैठकमा करारमा कार्यरत कर्मचारी लक्ष्मण पाण्डे, कृष्णहरि वाग्ले, वसन्तराज भण्डारी, झलकराम अधिकारी, हरि पौडेल, शुभद्रादेवी शर्मा, चन्द्रकान्त अधिकारी लगायतले विभिन्न धारणा राखेका थिए । बैठकले आन्दोलनलाई चर्काउन कार्यालय ठप्पमात्र नभै पानी वितरणमासमेत प्रभावित पार्ने चेतावनी दिएको छ ।

कमेन्टहरु
Loading...