केफ माविको रजत महोत्सवमा विभिन्न कार्यक्रम

पोखरा, ४ पुष /पोखराको सिमपानीमा रहेको केफ माविले रजत महोत्सव विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । २०५० साल पुष २३ गते स्थापना भएको विद्यालय रजत महोत्सवको समापन समारोह सप्ताह व्यापिरुपमा मनाउन थालेको हो ।

रजत महोत्सवको अवसरमा जिल्लास्तरीय कविता वाचन प्रतियोगिता, सरसफाई कार्यक्रम, प्रभात फेरी कार्यक्रम, रक्तदान कार्यक्रम, नृत्य तथा गायन आइडल, नर्सरीदेखी कक्षा पाँचसम्मका विविभ कार्यक्रम, कक्षा ६ देखि १२ सम्मको अभिभावक दिवस, पुरस्कार वितरण र सम्मान कार्यक्रम रहेको केफ माविका निर्देशक लोकराज भण्डारीले जानकारी दिए ।

उनले रजत महोत्वको अवसरमा विद्यालयले वर्ष भरिनै कार्यक्रमहरु गरिरहेको भएपनि समापनल अझ विषेश बनाउन सप्ताह व्यापी कार्यक्रमको आयोजना गरेको बताए । सप्ताह व्यापि कार्यक्रम पुष ३ देखी २३ गते सम्म सञ्चालन हुने भण्डारीले बताए ।

विद्यालयले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन सङ्कायमा शिक्षा प्रर्दान गर्दै आएको छ । भण्डारीले कक्षा ११ र १२ मा कतिपय विद्यार्थीले कास्की टप गरेको जानकारी दिए । हाल विद्यालयमा १ हजार ३ सय ७४ विद्यार्थीहरू अध्ययनरत् रहेको विद्यालयका कक्षा ११ र १२ का संयोजक नविन अधिकारीले जानकारी दिए । विद्यालयमा ८८ जना शिक्षक तथा कर्मचारी रहेको उनको भनाई छ । विद्यालयबाट अहिले सम्म एसएलसि र एसइइमा ७ सय २४ जना विद्याथीहरू र कक्षा १२ बाट १ हजार १ सय ५५ जना उत्तीर्ण गरेको उनले जानकारी दिए ।

विद्यायलबाट उत्रिण विद्यार्थीहरु राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, प्रोफेसर, अफिसर, बै“कर, म्यानेजर, नर्स, लगायतका पदमा सेवा प्रदान गरिरहेका प्रिन्सिपल डिल्लिराम अधिकारीले जानकारी दिए । उनले यस वर्ष कक्षा १० का ७७ जनाले एस.ई.ई. दि“दै छन् भने कक्षा १२ का १५१ जनाले बोर्ड परीक्षामा सहभागी हु“दै गरेको जानकारी दिए । कास्की ढिकुरपोखरीका समाजसेवी एवम् शिक्षाप्रेमी व्यक्तित्व स्वर्गीय पण्डित करुणानिधि पौडेलको सम्मान र स्मृतिमा विद्यालयको नामकरण गरिएको थियो ।

क्र.सं. कार्यक्रम मिति समय स्थान
पत्रकार सम्मेलन २०७५-०९÷०३ अपरान्ह ३ः०० बजे  
जिल्लास्तरीय कविता वाचन प्रतियोगिता २०७५÷०९÷०६ दिउसो ११ः०० बजेदेखि विद्यालयको सभाकक्ष
सरसफाई कार्यक्रम २०७५÷०९÷१७ प्रात ७ः०० देखि ९ः०० बजेसम्म बगर,विन्ध्यवासिनी,हरिचोक,सिमपानी
प्रभात फेरी कार्यक्रम २०७५÷०९÷१८ प्रात ७ः०० देखि ९ः०० बजेसम्म सिमपानी,हरिचोक,विन्ध्यवासिनी,बसपार्क, नदीपुर,बगर हु“दै विद्यालयसम्म
रक्तदान कार्यक्रम   २०७५÷०९÷१९  
नृत्य तथा गायन आइडल २०७५÷०९÷२०   प्रात १०ः३० देखि २ः३० बजेसम्म
७ क नर्सरीदेखि कक्षा पा“चसम्मका विविध कार्यक्रम (अभिभावक दिवस) २०७५÷०९÷२२   दिउसो ११ः०० देखि ३ः०० बजेसम्म
७ ख कक्षा ६ देखि १२ सम्मको अभिभावक दिवस,पुरस्कार वितरण र विविध कार्यक्रम २०७५÷०९÷२३   दिउसो ११ः०० देखि ४ः०० बजेसम्म

 

कमेन्टहरु
Loading...