खाद्यान्न, दुध र औषधी पसल नियमी अनिर्वाय खोल्न कास्की प्रशासनको आग्रह

पोखरा, १२ चैत/ कोरोना भाइरसको रोकथाम गर्ने उद्देश्यले चैत ११ देखि १८ गतेसम्म नेपालमा लकडाउन गरिएको छ । लकडाउनको समयमा मानिसहरुलाई घरमै बस्न आह्वान गरिएको छ ।

अत्यावश्यक सामानहरुको ढुवानी निर्वाध रुपमा गर्न कास्की प्रशासनले आग्रह गरेको छ । कास्कीका प्रमुख जिल्ला ज्ञानप्रसाद ढकालले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सामग्रीहरुको निर्वाध रुपमा आपूर्ति व्यवस्था मिलाइने बताएका छन् ।

विज्ञप्तीमा पुरै लक डाउन घोषणा गरिए पनि अत्यावश्यक सेवा जस्तै खाद्यान्न पसल, दुध, फार्मेसी, पानी लगायतका व्यवसाय नियमी अनिर्वाय पूर्ववत ढंगले नै सञ्चालन आग्रह गरे ।

पसलमा भिडभाड नगर्नु र मानिस मानिसका बिच कम्तिमा एक मिटरको दुरी राख्नु आग्रह गरेका छन् । उनले खाद्य सामग्री अभाव हुन नदिइने तयारी प्रकाशनले गरेकाले नआत्तिन पनि आग्रह गरेका छन् ।

जिल्ला प्रशानस कार्यालय कास्कीद्धारा जारी आदेश
जिल्ला प्रशानस कार्यालय कास्कीद्धारा जारी आदेश
कमेन्टहरु
Loading...