कास्कीमा दुई दुघटना दुईको मृत्यु

पोखरा, १ कात्तिक/कास्कीमा भएका दुई दुघटनामा परि दुई जनाको मृत्यु भएको छ । कास्कीको पुम्दीभुम्दी २ कालीमाटी स्थित सडकमा ग.४.प. ६४३७ नं. को मोटरसाईकललाई स्याङ्गजाबाट पोखरा आउँदै गरेको ग.१.ख. २९१२ नं. को बसले पछाडिबाट ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्गजा पुतलीबजार नगरपालिका ४ बस्ने वर्ष २८ को मुवारक अलि मृत्यु भएको हो ।

गम्भिर घाईते भई तत्काल उपचारको लागि प.क्षे. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सवारी चालक स्याङ्गजा स्वेरक ९ का २८ वर्षिय लोक बहादुर सोमे मगर र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

त्यसै गरि कास्कीको लेखनाथ नगरपालिका वडा नं. ३ बुढीबजार स्थित सडकमा ग.५.प. ६२०३ नं. को मोटरसाईकलले पैदल यात्री कास्की घाचोक ५ बस्ने वर्ष ६० कि सरि परियारलाई ठक्कर दिंदा मृत्यु भएको छ । मोटरसाईकल र चालक लेखनाथ नगरपालिका रिठेठेपानीका २९ वर्षिय मोहन पुन प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...