कास्कीमा विकास निर्माण र उत्पादन सम्बन्धि कामका लागि सवारी पास नचाहिने

१० जना सम्म एक पटकमा यात्रा गर्न पाइने

पोखरा, २७ वैशाख/ जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार देखि कास्कीमा लकडाउनलाई केही खुकुलो गरेको छ ।

कास्कीमा सञ्चालन भएका विकास निर्माण र उद्योग तथा उत्पादनशित क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई अनिवार्य रुपमा प्रशासनबाट सवारी पास समेत लिन नपर्ने भएको छ ।

संघिय सरकारले तोके बमोजिम एक तिहाई कर्मचारी व्यबस्थापन गरी बैक तथा बिक्तिय संघ संस्था, बिमा, सहकारी, धितोपत्रमा सेवा संचालनको लागि अनिवार्य पास आवश्यक नपर्ने कास्की प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले शनिबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कुनै विकास निर्माण तथा उत्पादन मुलक सेवा संचालनमा आउ जान गर्दा अधिकतम १० जना सम्म एक पटकमा यात्रा गर्न प्रशासनले निर्देशन जारी गरेको छ । त्यस्तै वर्कशप, इन्टरनेट जडान, प्लम्बिङ, ,इलेम्ट्रिकल सेवा र पेट्रोल पम्प संचालनमा बढीमा ५ जना कामदार तथा कर्मचारी रहने व्यबस्था मलिउन सरोकार निकायलाई निर्देशन दिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस सम्बन्धि सचेत र सजग हुदै सामाजिक दुरी कामय गर्दै विभिन्न सेवा संचालन गर्न केही सहज पार्ने निर्णय गरेको हो ।

शैक्षिक संघ संस्था, रंगशाला, जिम हल, फिल्म हल, धार्मिक तथा सार्वजनिक स्थल, होटल, रेष्टुरेण्ट, मानिसहरुको जमघट नहुन प्रशासनले आग्रह गरेको छ । प्रशासनले तोकिएको सिमा भन्दा कसैले लकडाउन उल्लंघन गरे कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

कमेन्टहरु
Loading...