अनियमीतता छानविन गर्न समिति बन्ने भए पछि ताला खुल्यो

पोखरा, १७ साउन/नेपाल विद्यार्थी संघ कास्कीले जिल्ला शिक्षा कार्यालय कास्कीमा लगाएको ताला सहमती पछि खुलेको छ । नेविसंघले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रावृति वितरणमा अनियमिताता भएको भन्दै छानविनको माग गरेर जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेको थियो ।

अनियमीतता छानविन गर्न समिति बन्ने भए पछि ताला खुल्यो
अनियमीतता छानविन गर्न समिति बन्ने भए पछि ताला खुल्यो

जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, शिक्षक संघका अध्यक्ष शिरोमणी लामिछाने र विद्यार्थी नेताहरु बिच सहमती भएको हो । सहमती अनुसार अनियमीताका बारेमा छानबिन गर्न समिति गठन गर्ने र दुई दिन भित्रमा छानविनको काम थाल्ने सहमती भएको नेपाल विद्यार्थी संघ कास्कीका सचिब विक्रमदित्य सिंह गिरीले जानकारी दिए ।

उनले छानविन समितिमा विद्यार्थीका प्रतिनिधि, शिक्षक संगठनका प्रतिनि र अन्य रहेको छानविन समिति गठन गर्ने जानकारी दिए । नेपाल विद्यार्थी संघ पृथ्विनारायण क्याम्पस इकाइका अध्यक्ष दिपक शर्माले विद्यार्थीका मागलाई वेवास्था गरे विद्यार्थीहरु आन्दोलनमा उत्रिने बताए ।

अघिल्ला वर्षहरुमा उच्च शिक्षा परिषद्ले छात्रबृतिको परिक्षा लिने गरेको भए पनि यस वर्ष देखी जिल्ला शिक्षा कार्यालयले लिन थालेको हो ।

कमेन्टहरु
Loading...