क्रान्तिकारी पत्रकार संघ कास्कीमा परियार

पोखरा, २७ माघ /क्रान्तिकारी पत्रकार संघ, कास्कीको नेतृत्वमा दीपक परियार चुनिएका छन् । बुधबार पोखरामा सम्पन्न भेलाले परियारको संयोजकत्वमा २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति सर्वसम्मत चयन गरेको हो ।

दीपक परियार
दीपक परियार

समितिका सदस्यहरुमा रामप्रसाद तिमिल्सिना, सञ्जयकुमार मल्ल, सन्देश श्रेष्ठ, घनश्याम पाण्डे, जगन्नाथ पौडेल (गणेश), रामचन्द्र राई, कृष्ण दवाडी, कृष्णमाया पोखरेल, रोशनी गुरुङ, गोकुल बानिया, गीता राना, विश्वराज सुवेदी, शोभा बराल, उमा आले, देवीजङ्ग गुरुङ, भुपालकुमार गुरुङ, हेमराज अधिकारी, लक्ष्मी सुनार, विनाकुमारी थापा मगर, सुशीला क्षेत्री, पुष्प दाहाल, प्रकाशचन्द्र गिरी र आनन्द सुवेदी रहेका छन् ।

यसैगरी, भेलाले संघको आगामी फागुन ७ र ८ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि संयोजकसहित ३० जना प्रतिनिधि पनि चयन गरेको छ । प्रतिनिधिहरुमा कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, एल.पी बञ्जारा, त्रिभुवन पौडेल, रतन गुरुङ, गोमा घिमिरे, राज शर्मा, विभु भुषाल, कृष्णमाया पोखरेल, जगन्नाथ पौडेल, रोशनी तमु, घनश्याम पाण्डे, लिलानाथ आचार्य, विश्वराज सुवेदी, रामप्रसाद तिमिल्सिना, पदम रेग्मी, कृष्ण दवाडी, रमेश नेपाली, कृष्ण ज्ञवाली ‘अञ्जान’, मनहरि तिमिल्सिना, सुशीला क्षेत्री, विनाकुमारी थापा मगर, शोभा बराल, उमा आले, गोकुल बानिया, शरदचन्द्र बराल, हरि पराजुली र युवराज गुरुङ ‘युनिस’ रहेका छन् ।

भेलाको उद्घाटन गर्दै एकीकृत नेकपा (माओवादी) ४ नं प्रदेश संयोजक डिलाराम आचार्यले क्रान्तिकारी पत्रकार संघले परिवर्तन र श्रमजीवी जनताको पक्षमा सशक्त रुपमा भुमिका निर्वाह गर्दै आएको बताए । उनले आगामी दिनहरुमा झनै सशक्त रुपमा लाग्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सल्लाहकार कोमलनाथ बरालले नेपालको राजनीतिक परिवर्तनमा क्रान्तिकारी पत्रकारहरुले पु¥याएको साहसपुर्ण योगदान नेपाली सञ्चार जगतमै अतुलनीय रहेको चर्चा गरे ।

क्रान्तिकारी पत्रकार संघ, कास्कीका निवर्तमान संयोजक त्रिभुवन पौडेलको अध्यक्षतामा आयोजित भेलामा एकीकृत माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सल्लाहकार कोमलनाथ बराल, स्थानीय शान्ति समिति, कास्कीका संयोजक रामजी बराल (जीवन) एमाओवादी कास्कीका पत्रकार फ््रयाक्सन इञ्चार्ज बालकुष्ण काउछा, पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, बरिष्ठ पत्रकारहरु कुसुमकेशव पराजुली, नारायण भट्टराईले बोलेका थिए ।

कमेन्टहरु
Loading...