लायन्स क्लब अफ पोखरा फेवा सिटीद्धारा मन्दिरलाई सोलार बत्ति सहयोग

पोखरा, ३ असोज / लायन्स क्लब अफ पोखरा फेवा सिटीले पोखराको नुवारथोक स्थित कैलाशेश्वर शिव मन्दिरलाई सोलार बत्ति सहयोग गरेको छ ।

पोखरा महानरपालिका वडा नम्बर ५,६,७ र १८ को संगम स्थल डुम्रीबोट स्थित बासेको पधेरोमा रहेका शिव मन्दिरलाई डिस्ट्रिक ३२३ बि १ का सेकेन्ड भिडिजी लायन विशेश्वर आचार्यले मन्दिरका संरक्षक भोजराज बराललाई सोलार बत्ति हस्तान्तरण गरेका थिए ।

सोलार बत्ति बिहीवार नै मन्दिरमा जडान गरि बत्ति बल्न सुरु भएको छ ।
२० हजार बराबरको सोलार बत्ति कार्यक्रम संयोजक अनुजा गिरीको आर्थिक सहयोगमा लायन्स क्लज अफ पोखरा फेवा सिटीले उपलब्ध गराएको हो ।

कार्यक्रममा डिस्ट्रिक ३२३ बि १ का सेकेन्ड भिडिजी लायन विशेश्वर आचार्य, पोखरा महानगरपालिकाका वडा अध्यक्ष रामचन्द्र बराल लगायतले सामाजिक क्षेत्रमा लायन्सले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताएका थिए ।

आयोजक संस्था लायन्स क्लब अफ पोखरा फेवा सिटीकी अध्यक्ष लायन राधिका शर्माले क्लबले यस्तो सहयोग अभियानलाई निरन्तरता दिने बताइन् । क्लब असहाय, बिपतमा परेकाहरुको सहयोगमा पनि जुटीरहेको उनले सुनाइन् ।

कमेन्टहरु
Loading...