पौरखी समूहद्धारा पोखरामा खाना खुउदाको खर्च सार्वजनीक (आम्दानी खर्च सहित)

पोखरा, २१ वैशाख/ विहानभरी पकाउने । पकाईसकेपछि प्याकिङ । त्यसपछि सडकमा अलपत्र परेकालाई खाना खुवाउने । दाल भात र तरकारी । नियमित परिकार हुन् । त्यही परिकारलाई प्याकिङ गर्दै विभिन्न ठाँउमा गासको अभाव झेलिरहेकालाई खुवाउन व्यस्त छन् पोखराको पौरखी स्वयम सेवा समूह ।

दश दिन सम्म सञ्चालन भएको यो अभियानबाट १६ हजार ७ सय ४७ भन्दा वढि जनालाई खाना खुवाएको र १ सय २० परिवारलाई १ हजार वरावरको राहात सामग्री वितरण गरेको थियो । त्यती बेला खाना खुवाउदा लागेको खर्च पौरखी समूहले सार्वजनीक गरेको छ । १० दिन सम्म सञ्चालन भएका कार्यक्रममा ७ लाख १० हजार ६ सय १० खर्च भएको पौरखी समूहका संयोजक जनकराज पराजुलीले जानकारी दिए ।

उनले पौरखी समुहका ९ जनाबाट ४ लाख ५० हजार, अन्यबाट २ लाख ६० हजार ६ सय १० र तरकारी, चामल, दाल लगाएतका सामग्री सहयोग प्राप्त गरेको पराजुलीले जानकारी दिए ।

जनक पराजुली, विष्णुप्रसाद पौडेल, राजु शर्मा तिमिल्सिना, भानुभक्त अधिकारी, विष्णु प्रसाद बराल, प्रजापति अधिकारी, शिव थापा, राजेन्द्र पौडेल र खेमराज तिमिल्सिना रहेको नौ जनाको समुहले शुरुवात गरेका थियो भने अन्य करिब १ सय जनाले स्वयम सेवा गरेका थिए । खाना खुवाउनका लागि सांसद, व्यापारी र अन्यले सहयोग गरेको पराजुलीले बताए । उनीहरुले विहान र साँझ दुई पटक खाना पुर्याएका थिए ।

पोखराको पौरखी स्वयंसेवक समूहले गासको अभाव झेलिरहेका सर्वसाधारणलाई बसेकै ठाँउमा खाना खुवाएका थिए । पोखरा–७ स्थित शान्तिनगर बैंक्युटमा खाना पकाउने र प्याक गरेर टोल टोलमा पु¥याउदै आएका थिए ।

 

कमेन्टहरु
Loading...