जोन १९ को प्रथम एडभाइजरी कमिटी मिटिड्ड

पोखरा, ४ असोज/लायन्स क्लब डिष्ट्रिक्ट ३२५ वि १ नेपाल अन्तर्गत लायन्स वर्ष २०१८÷१९ को रिजन ९ जोन १९ को प्रथम एडभाइजरी कमिटी मिटिड्ड बुधबार सम्पन्न भएको छ ।लायन्स क्लब अफ पोखरा लालिगुराँसको व्यवस्थापनमा भएको बैठकमा जोन १९ अन्तर्गत क्लबका अध्यक्ष सचिव र कोषाध्यक्षले आ–आफ्नो क्लबको गातिविधिका वारेमा जानकारी दिएका थिए ।जोन १९ मा लायन्स क्लब अफ पोखरा फेवा सिटी, लायन्स क्लब अफ पोखरा लालिगुराँस, लायन्स क्लब अफ पोखरा पिस हिमालय सिटी, लायन्स क्लब अफ पोखरा डेष्टिनेसन र लायन्स क्लब अफ पोखरा वर्किड्ड टुगेदर रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिफ एडभाइजर धु्रव श्रेष्ठले सेवा गर्छु भन्ने भावनाले क्लबमा आवद्धता भएको बताउदै प्रभावकारी कार्यक्रम गर्न सवै क्लबलाई आग्रह गरे ।कार्यक्रममा चिफ पिआरओ परमेश्वर बराल, डिपार्टमेन्ट चिफ तीर्थलाल श्रेष्ठ, सिनियर एडभाइजर एकनारायण शर्मा ढकाल, एडभाइजर वावुराम अधिकारी, जिएलटी कोअर्डिनेटर पृथ्वीराज तिमिल्सिना, जिएमटी कोअर्डिनेटर तोरणबहादुर कुँवर, जिएसटी कोअर्डिनेटर सुदर्शन भारी रिजन चियर पर्सन मोतिराज तिमिल्सिना, जोन चियर पर्सन केदार ढकालले बोलेका थिए । दोस्रो एडभाइजरी कमिटी मिटिड्डको व्यवस्थापन लायन्स क्लब अफ पोखरा फेवा सिटीले गर्ने भएको छ ।जोन चियर पर्सन लक्ष्मी देबी पौडेल बरालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा फेवा सिटीकी सचिव गिता कडेलले ध्वजाको वन्दना र लायन्स क्लब अफ पोखरा लालिगुराँसका अध्यक्ष धर्मराज भण्डारीले धन्यवाद व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...