जनप्रिय क्याम्पसका विद्यार्थीलाई पत्रकारिता अनुशिक्षण

पोखरा, १७ पुस /जनप्रिय क्याम्पस मानवीकी संकाय स्नातक तह तेस्रो वर्ष अन्तगर्त आम संञ्चार तथा पत्रकारिता विषयमा अध्ययनरत्त विद्यार्थीहरुको पाँच दिने कार्यमुलक नेपाली पत्रकारिता अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सो अनुशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै बोडकास्टिङ एशोसिएसन नेपालका उपाध्यक्ष तथा रेडियो बाराही ९९.२ मेगाहर्जका कार्यकारी निर्देशक रमेश पौडेलले पत्रकारिता क्षेत्रमा लाग्ने विद्यार्थीहरुले सैदान्तिक ज्ञानका साथै व्यवारिक ज्ञान सिक्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले नेपालमा छापा, टेलिभिजन, रेडियो र अनलाइन पत्रकारिताको रिर्पोटिङ र यसको महत्वको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भयो ।  कार्यक्रममा सो क्याम्पसका क्याम्पस प्रमुख विरेनजी गौतमले पढेका कुरालाई व्यवहारमा लागू गर्न विद्यार्थीलाई आग्रह गर्नु भयो । त्यसै गरी सामाजिक शिक्षा विभागका प्रमुख एवम् प्रशिक्षक वेदहरि तिम्लिसिनाले पोखराको आमसंञ्चार जगतमा आवश्यक पर्ने जनशक्ति यस क्याम्पसबाट परिपूत्र्ति गर्न क्याम्पस प्रशासन दृढ रहेको बताउनु भयो ।

सो कार्यक्रममा विद्यार्थीहरु गंगासागर उपाध्यय, रेश्मा भट्टराई, आषिस वि.क., रञ्जना रेग्मी लगायतकाले पत्रकारिताको पढाईको बारेमा बोल्नु भएको थियो । सो अनुशिक्षण पछि क्याम्पसले एक महिनाको लागि विद्यार्थीहरुलाई विभिन्न संञ्चार गृहमा पठाउने छ । संञ्चार गृहले प्रत्यक्ष रुपमा समाचार संकल्न गर्न र लेख्नको लागि व्यवहारिक तवरबाट प्रशिक्षित गर्ने छन् ।

कमेन्टहरु
Loading...