सुखि जनता र समृद्ध राष्ट्र वनाउने अभियानमा सरकार – मन्त्री विक

पोखरा, २२ वैशाख / युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले संघिय सरकार राष्ट्र र जनतालाई समृद्ध वनाउने अभियानमा लागेको वताएका छन् । समृद्ध राष्ट्र निर्माणकालागी सरकारी वजेटलाई लक्षीत समूहसम्म प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक रहेको भन्दै उनले यसका लागी सरकारले सिस्टम वसाउदै गरेको दावी गरे ।

जिल्ला समन्वय समिति कास्कीले शनिवार पोखरामा आयोजना गरेको क्षेत्रगत विकास सम्वन्धी कास्की क्षेत्र नं तीनको अन्तरक्रियात्मक समन्वय वैठकमा सम्वोधन गर्दै मन्त्री विकले स्थानीय उपभोक्ताकै सहभागितामा हुने कामले गुणस्तरीयता र पारदर्शीता वनाउन सहज हुने विश्वास व्यक्त गरे ।

स साना योजना स्थानीय सरकारवाट, मझौला खालका योजना प्रदेश सरकारवाट र ठूला तथा राष्ट्रिय गौरवका आयोजना केन्द्रीय सरकारवाट गर्नेगरी विकासको मोडल तयार पारिएको मन्त्री विकले वताए ।

कास्की क्षेत्र नं तीनका संघिय सांसद समेमत रहेका मन्त्री विकले क्षेत्र नं तीनको विकासका लागी सवैलाई एकतावद्ध भएर लाग्न आग्रह गरे । गण्डकी प्रदेसका सभासद राजीव पहारीले पहिलो वर्ष संरचना निर्माणमा नै जुटेको प्रदेस सरकारले अवका वर्षमा विकास निर्माणलाई प्राथमीकतामा राखने वताए ।

तीनवटै तहका सरकारको सहयोग र समन्वयले मात्र समृद्ध नेपाल र सुखी नेपाली सम्भव रहेको भन्दै केन्द्रीय सभासद, प्रदेश सभासद र स्थानीय जनप्रतिनिधि वसेर प्राथमीकताका आधारमा योजना तय गर्ने तयारी भईरहेको जानकारी दिए । गाउँगाँउमा वाटो, फेवातालमा माटो भन्दै उनले फेवाताल जलाधार क्षेत्रको विकासमा ध्यानदिनुपर्नेमा जोड दिए ।

प्रदेस सभासद मित्रकुमारी गुरुङ सुवेदीले एक ठाउमा पेश गरेका योजना अनय निकायमा पेश नगर्न जनप्रतिनिधिहरलाई आग्रह गरिन । जिविस कास्कीका पुर्व सभापती पुण्य पौडेलले प्रदेशको राजधानी र पर्यटनको हव वनेको पोखरामा रहेको फेवाताललाई कसरी जोगाउने भन्ने चिन्ता वढ्दैजानु दुखद रहेको वताए ।

कार्यक्रमका अध्यक्ष एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन वहादुर क्षत्रीले संघ र प्रदेशका योजनाहरु वडामा संचालन भईरहदा जनप्रतिनिधिहरु वेखवर जस्तै वन्ने गरेको भन्दै जिल्ला समन्वय समिति सधै समन्वय गर्न तयार रहेको वताए ।

जिल्ला भित्रका दुरगामी महत्वका विकास आयोजनाहरु कसरी संचालन भएका छन र तीनलाई कसरी समयमै सम्पन्न गर्न सकिन्छ भनेर जिल्ला समन्वय समिति कास्कीले यस अघि कास्की क्षेत्र नं एक र दुईका जनप्रतिनिधिहरु वीच अन्तरक्रिया गरिसकेको छ । स्थानीय आवश्यकता र गुनासालाई सतहमा ल्याउने काम समन्वय समितिले गर्दै आएको छ ।

कार्यक्रममा कास्की क्षेृत्र नं तीन अन्तर्गत माछापुच्छ«े गाउपालिकाका, अन्नपुर्ण गाउपालिकाका प्रमुख तथा गाउ कार्यपालिका सदस्य, क्षेत्र नं तीन अन्तर्गत पर्ने पोखरा महानगरका कार्यपालिका सदस्य हरुको सहभागिता रहेको थियो । सहभागी सदस्यहरुले पर्यटन, कृषि, शिक्षा, सडक लगाएतका विकासका न्यूनतम पुर्वाधार का वारेमा वडामा भएका प्रगती र आगामी भावी योजनाहरु प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...