जनयुद्ध दिवसमा कास्कीमा दिप प्रज्वलन

पोखरा, १ फागुन /नेकपा माओवादी केन्द्र कास्कीले २३ औँ जनयुद्ध दिवस मंगलवार विविध कार्यक्रम गरि मनाएको छ ।
विहान पार्टी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सांसदहरु, विभिन्न राजनीतिक दलका नेताहरु, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहको थियो ।

कार्यक्रमका सहभागिहरुलाई पार्टी जिल्ला ईन्चार्ज राजकाजी गुरुङ, संयोजक वखानसिँह गुरुङ, सहसंयोजक गंगा पोखरेल तथा कार्याल प्रमुख दुर्गा भण्डारी लगायतले स्वागत गरे । जनयुद्ध दिवसकै अवसरमा वाईसियल प्रदेश कमिटिले जनयुद्ध, पार्टी एकता र समाजवादी क्रान्तीमा युना नेतृत्वको भूमिका विषयमा अन्तरक्रिया गर्यो । वाईसियलका पूर्व अध्यक्ष आरशी शर्माले एमाले र माओवादीको पार्टी एकता देशलाई समाजवादमा लैजानको लागि भएकोले युवाहरु नयाँ परिवेस अनुसार अघि वढुन् पर्ने विचार राखे ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार कोमलनाथ वराल, माओवादी केन्द्रका कास्की ईन्चार्ज राजकाजी गरुङ, सांसद रामजी वराल शहिद परिवारको तर्फवाट तेजकुमारी पौडेल, वाईसियल केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, केन्दीय सचिव विनय थापा , राजकमुार दुलाल र चन्द्रवहादुर थापाले पनि वोलेका थिए । त्यस्तै साँझ महानगरका महेन्द्रपुल, रानीपौवा, शहिदपार्क, तालचोक, हेम्जा लगायतका ठाउँहरुमा जनयुद्धको स्मृतिमा दिप प्रज्वलन गरिएको थियो ।

कमेन्टहरु
Loading...