होटल प्रतिनिधि समाज द्धारा रोडडिभाइडरमा फुल रोपे

पोखरा, १६ चैत /होटल प्रतिनिधि समाज पोखराले लेकसाइडकोे मेन हाईवेयमा रहेको रोड डिभाइडरमा फुलरोपेका छन् । लेकसाइडको डिहिको पाटन देखी जरेबर सम्ममा रहेका करिब ३ सय ५० मिटर सम्मको क्षेत्रमा रहेका डिभाइडरहरुलाई सफा गरि नयाँ माटो र मल राखेर सफा गरिएको छ । बिहीबार देखी शुरु भएको काम शुक्रबार पनि गरेका थिए ।

पोखरा लेखनाथ महानगरपालिकाले बनाएर बेवारिसे अवस्थामा छोडिएको उक्त डिभाइडरमा होटल प्रतिनिधि समाज पोखराले रंगरोगन सहित फुलबारी बनाउको लागेकोमा स्थानिए समाजसेवी र संघ संस्थाहरुले उक्त कार्यको प्रशंसा गरेका छन ।

फुलबारी बनाउन लागेको उक्त क्षेत्रमा सिजनेवल फुल सहित हरियो धुपिका साथमा दुवो रोपिने छ । उक्त फुलबारीलाई आगामि दुई बर्ष सम्मका लागि होटल प्रतिनिधि समाजले मलजल देखी देखदेखको जिम्मा लिएको समाजका अध्यक्ष नगेन्द्र थापाले जानकारी दिएका छन । पोखरा महानगरपालिका बडा न ६ सगँ समन्वय गरि उक्त कार्यको थालनी गरिएको अध्यक्ष थापाको बताए ।

सस्थाले समाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्य गर्ने लागेको र दुई बर्ष सम्म मलजल, रंगरोगन र रेखदेख सहित करिब १ लाख ८० हजार खर्च लाग्ने अनुमान रहेको अध्यक्ष बताएका छन ।

कमेन्टहरु
Loading...