हिसान कास्कीको निबन्ध प्रतियोगितामा ढुंगाना पहिलो

पोखरा, ८ असोज/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले भदौ २७ गते गरेको नेपाली निबन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशित गरेको छ ।

हिसान कास्कीमा आवद्ध ६५ मावि तथा कलेजहरु मध्येबाट ९४ जना प्रतिस्पर्धीले जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा भाग लिएका थिए ।

निबन्ध लेखन प्रतियोगितालाई विज्ञान, गै¥ह विज्ञान (व्यवस्थापन÷मानविकी) गरी दुई समूहमा बिभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा विज्ञान समूहअन्तर्गत जुनीयर सिटिजन एकेडेमीकी प्रसिद्धि ढुंगाना प्रथम, सगरमाथा स्कूलकी प्रेरणा श्रेष्ठ द्धितीय, डाईमण्ड स्कूलकी अनुष्का दाहाल तृतीय र सृजना स्कूलकी अस्मी गुरुङ सान्त्वना भएका छन् ।

यसै गरी गै¥ह विज्ञान अर्थात व्यवस्थापन तथा मानविकी समूह अन्तर्गत स्पाइरल ग्यालेक्सी स्कूलका मिलन तिमिल्सिना प्रथम, जुनीयर सिटिजन एकेडेमीका गणेश बराल द्धितीय, सगरमाथा स्कूलकी अनामिका गुरुङ र पश्चिमाञ्चल स्कूलका अनिस भट्टराई तृतीय र डाईमण्ड स्कूलकी अर्पना श्रेष्ठ सान्तवना स्थान प्राप्त गरेको कुरा कार्यक्रम संयोजक हिसान कास्कीका सहसचिव नारायण शर्मा चापागाईले जानकारी दिए ।

कमेन्टहरु
Loading...