Ganthan News Pokhara
All news from Pokhara & around

हिमाल कलेज पोखरामा ट्याक्स बारे प्रशिक्षण, उत्कृष्ट विद्यार्थी सम्मानीत

0

पोखरा, १५ माघ/हिमाल कलेज अफ म्यानेजमेन्ट पोखरामा १ दिने भ्याट तथा ट्याक्स प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनामा बाहिरी प्रशिक्षकलाई बोलाएर कुनै विषयमा प्रशिक्षण दिने कार्यक्रमलाई निरन्तरता दिदै कार्यक्रम गरिएको हो ।

विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान पनि दिने उद्देश्यले हरेक महिना फरक किसिमका कार्यक्रम गर्दै आएको क्याम्पस प्रशासनले जनाएको छ । यसअघि ३ वटा कार्यक्रम सम्पन्न भएको क्याम्पस प्रमुख हरि कार्कीले बताए । कार्यक्रममा प्रशिक्षक सुमन पोख्रेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख हरि कार्कीले यस्ता कार्यक्रमबाट विद्यार्थीहरुका सकारात्मक प्रतिक्रिया आएको बताए । प्रशिक्षक पोख्रेललाई मायाको चिनो हस्तान्तरण गर्दै कलेजका एमडी सुदन मुल्मीले आगामी दिनमा पनि यस्तै व्यवहारिक तथा व्यवसायिक ज्ञान दिनु पर्ने धारण राखे ।

सोही कार्यक्रममा क्याम्पसको प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन गरिएको थियो । परिक्षामा उत्कृष्ट अंक ल्याउँने ६ जना छात्र÷छात्रालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख रिता गुरुङ, शिक्षक रुद्र गिरी, लेखा प्रमुख विनोद गिरी, इन्चार्ज रेशम सापकोटा लगायतले कलेजका बारेमा थप प्रकास पारेका थिए ।

हिमाल कलेज पोखरामा भ्याट बारे प्रशिक्षण, उत्कृष्ट विद्यार्थी सम्मानीत
हिमाल कलेज पोखरामा उत्कृष्ट विद्यार्थी सम्मानीत
अरु सम्बन्धित खबरहरु