गुनासो सुन्न गण्डकी प्रदेशमा ‘हेल्लो मुख्यमन्त्री’

पोखरा, ४ भदौ / जनाताका गुनासो सुन्न गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा हेलो मुख्य मन्त्री

कल सेन्टर शुरु गरेको छ ।

सेन्टरको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले आज उद्घाटन गरे । सर्वसाधारणका गुनासोलाई व्यवस्थित संकलन गरेर सम्बोधन गर्न

प्रदेश सरकारले कल सेन्टर शुरु गरिएको हो । सर्वसाधरणले टेलिफोन, इमेल, मोवाइल एप्स र वेभ साइडमा गएर सिधै प्रश्न गर्न

सक्ने छन् ।

हेलो मुख्यमन्त्री कक्षालाई तत्काल गुनासो सम्बन्धित निकायमा पु¥याई सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको मुख्य

गुरुङले बताए । उनले हेल्लो मुख्यमन्त्री कक्षमा आउने जनताका गुनासालाई तत्काल सम्बोधन गर्ने मुख्य गुरुङको भनाई छ ।

गुनासोमा पोखराका कृष्ण पौडेल र उपेन्द्र पौडेलले पर्यटकको बसाँई लम्बाउन र फेवातालको संरक्षणका लागि के गर्दै हुनुहुन्छ

भनेर मुख्यमन्त्री गुरुङलाई सोधेका थिए । जवाफमा मुख्यमन्त्री गुरुङले फेवातालको संरक्षण, पर्यटकको बसाँई लम्बाउन पर्यटन

प्रर्वद्धनका कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।

विहान १० बजेदेखि अपराहृन ५ बजेसम्म कर्मचारी बसेर गुनासो टिपान सक्ने छन् । सर्वसाधरणले नेपाल टेलिकमको टोलफ्रि

नम्बर १०९४ मा फोन गरेर आफ्ना गुनासाहरु हेल्लो मुख्यमन्त्री कक्षमा टिपाउन पाउने छन् । भने उक्त गुनासाहरु तत्काल

सम्बन्धीत निकायहरुमा पठाई छिटो भन्दा छिटो गुनासाहरु समाधान गर्ने मुख्यमन्त्रीले बताए ।

गुनासाहरु टिपाउनका लाागि एन्ड्रोइड मोवाइल प्रयोगकर्ताहरुले Hello CM Android App डाउनलोड गरि सोही ब्उउ मार्फत

पनि गुनासाहरु टिपाउन सकिने छ । भने Hellocm.gandaki.gov.np मा गएर पनि गुनासाहरु टिपाउन सकिने सो

अवसरमा जानकारी दिइएको छ ।

यस्तै मुख्यमन्त्री कार्यालयको इमेल [email protected] मा इमेल गरेर पनि गुनासाहरु टिपाउन सकिन्छ ।

फोनबाट भने कार्यालय समयमात्रै गुनासाहरु टिपाउन सकिने जनाइएको छ ।

कमेन्टहरु
Loading...