पोखरामा इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्ष सम्बन्धी कार्यशाला

कृष्ण आचार्य,पोखरा, २९ बैशाख/ पोखराको मनिपाल शिक्षण अस्पतालमा “इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्ष (ENLS)” सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ ।अमेरिकाको न्युरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्ष संम्बन्धी कार्यशाला पोखरामा नै पहिलो पटक शनिबार मनिपाल शिक्षण अस्पतालमा सम्पन्न भएको हो ।

पोखरामा इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्ष सम्बन्धी कार्यशाला

उक्त कार्यशालामा बिभिन्न न्युरोलोजिकल र न्युरोसर्जिकल रोग संम्बन्धी समस्या र उक्त रोगको समाधानको बिषयमा छलफल भ​एको कार्यक्रम संयोजक एवं मनिपाल शिक्षण अस्पताल न्युरोसर्जरी बिभागका प्रमुख डाक्टर बालगोपल कर्मचार्यले जानकारी दिए । बिशेष गरी टाउको र मस्तिष्कको चोटपटक, मेरुडण्डको चोटपटक, मस्तिष्क पक्षघात, ब्रेन हेमोरेज, छारेरोग, मस्तिष्क र मेरुडण्डको संक्रमण तथा ट्युमरको लक्षण लिएर आएका बिरामीलाई सुरुको अवस्थामा तत्काल के कस्ता निदानका उपायाहरु गर्ने र उपचार कसरी गर्ने भन्ने बिषयमा कार्यशालामा बिशेष छलफल भ​एको पनि डाक्टर कर्मचार्यले जानकारी दिए।

कार्यशालामा सहभागीहरुलाई कार्यक्रम संयोजक डाक्टर कर्मचार्य सहित महाराजगंज शिक्षण अस्पताल काठमाण्डौंका न्युरोक्रिटीकल बिशेषज्ञ डाक्टर जेन्टल सुन्दर श्रेष्ठ र डाक्टर प्रज्ञा आचार्य, न्युरो अस्पताल बासबारी काठमाण्डौंका डाक्टर मयुश बहादुर मुनान्कामी र डाक्टर सुवाश लोहोनी, मनिपाल शिक्षण अस्पतालका डाक्टर निकुञ्ज योगी र डाक्टर हरि पौडेलले प्रशिक्षण दिएका थिए । कार्यशालमा पोखराका बिभिन्न अस्पतालको आकस्मिक कक्ष, आई सी यू र न्युरो आई सी यू मा कार्यरत ८३ जना चिकित्सक , नर्स र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...