हार्वर्डमा पढ्न पोखराका बस्याललाई ९० लाखको छात्रबृत्ति

पोखरा, ९ भदौ / हरेक वर्ष हजारौँ विद्यार्थीहरू हार्वर्ड कलेजको विभिन्न कार्यक्रमहरू पढ्न आबेदन दिने गर्दछन्

। तर केबल केहिले मात्र हार्वडमा पढ्ने अवसर पार्ने गर्दछन् । क्लास वफ २०२२ (Class of 2022), स्नातक

कार्यक्रमहरूको लागि पोखराका एक विद्यार्थीले छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । पोखराका १८

बर्षीय विलसन बस्यालले हार्वर्डमा स्नातक अध्ययनको लागि छात्रवृत्ति हासिल गरेका हुन् ।

उनले पोखराको गण्डकी बोर्डिङ स्कूलबाट ए–लेवल उत्तिर्ण गरेका थिए । विलसनले हारवार्डको पूर्ण छात्रवृत्ति

(९० लाख भन्दा बढि) बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् । उनले आफ्नो स्नातक अध्ययनमा भौतिक शास्त्र

(फिजिक्स) र गणित बिषयलाई प्रमुख बनाएर पढ्नेछन् । बिज्ञान र गणित विषयमा अत्यन्त रुचि र लगाब

भएका विलसनले सुरुमा बेलायतका अक्सफोर्ड विश्वविद्यालय वा क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्ने

सपना देखेका थिए । तर ति विश्वविद्यालयहरुले उनका रुचिका विषयहरुमा एशियाका विद्यार्थीहरूको लागि

छात्रवृत्ति प्रदान नगर्ने कारण उनको सपना पुरा हुन सकेन ।

विलसनले अमेरिकाका लगभग दर्जन जति शीर्ष र मध्ययम स्तरका कलेजहरुमा अध्ययनका लागि आबेदन

दिएका थिए । उनी केहिमा अस्वीकार पनि भए । हार्वर्डमा डिग्रीको लागि खर्च गर्न महङ्गो हुने भएकाले उनले

पूर्ण छात्रवृत्ति पाए मात्रै पढ्ने अर्थमा आवेदन दिएका थिए र उनले पूर्ण छात्रवृत्ति प्राप्त गर्न पनि सफल भए ।

छात्रवृत्तिले सबै शिक्षण शुल्क, पुस्तकहरू, स्वास्थ्य बिमा, आवास, व्यक्तिगत खर्च, यात्रा भत्ता र अन्य खर्च

समेट्ने छ ।

कमेन्टहरु
Loading...