आठ डिएसपीको काज सरुवा, गण्डकी प्रदेशका पुरीको विदाइ

पोखरा, २३ जेठ/नेपाल प्रहरीले ८ जना प्रहरी नायब उपरीक्षक डिएसपीको काज सरुवा गरेको छ ।  गण्डकी प्रदेशमा कार्यरत प्रहरी नायव उपरीक्षक गोविन्द्र पुरीको ईलाका प्रहरी कार्यालय सिमरा सरुवा भएको छ ।

उनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरुी नायव महानिरीक्षक दानसिंह बोहराले बिदाई गरेका छन् । पुरी यसअघि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, ईलाका प्रहरी कार्यालय लेखनाथमा कमाण्ड समालि सकेका छन् ।

काज सरुवा हुने अन्य डिएसपी मकेन्द्र कुमार मिश्रको ईप्रका महेन्द्रनगर (सप्तरी), डिएसपी लक्ष्मीराज अधिकारीको ईप्रका बेलबारी मोरङ्ग, डिएसपी ज्ञान बहादुर बिष्टको ईप्रका मालाखेती, डिएसपी खगेन्द्र बहादुर खड्काको ईप्रका गजुरी रहेको छ ।

त्यसै गरि डिएसपी तुलसीराम अर्यालको ईप्रका गरुडा, डिएसपी बेद प्रसाद गौतमको वडा प्रहरी कार्यालय (क) बिराटनगर, डिएसपी गणेश बहादुर बमको जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा काज सरुवा भएको छ ।

कमेन्टहरु
Loading...