गोर्जे–मिजुरे सम्पर्क समाजको दोश्रो साधारणसभा

मृगौला पिडित सन्त बहादुर नेपालीलाई सहयोग

पोखरा,१२ साउन/गोर्जे–मिजुरे सम्पर्क समाज पोखराको दोश्रो साधारणसभा शनिवार पोखरामा सम्पन्न भएको छ । मादी गाउँपालीका अध्यक्ष वेद बहादुर गुरुङ श्याम को प्रमुख आतिथ्यता र मादी गाउँपालीका वडा नं. ९ का अध्यक्ष तोरण गुरुङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका संस्थापक अध्यक्ष कासिनाथ अधिकारीले मिजुरे क्षेत्रमा अर्गानिक कृषिको सुरुवात हुनुपर्नेमा जोड दिए । त्यस्तै उनले मुग्रिवेशिमा रहेको थुम्को र भलेचुचुरोलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेमा पनि सोच्नुपर्ने वताए । कार्यक्रममा वोल्दै मादि गापा अध्यक्ष श्यामले मिजुरे मादि गाउपालीकाको महत्वपूर्ण हिस्सा भएको र यो क्षेत्रको विकासका लागि गाउपालीकाले केँद्रमा राखेको वताए ।

त्यस्तै वडा नं. ९ का अध्यक्ष तोरण गुरुङले जन्मठाउँ छोडेर आएपछि सवैले आफ्ने ठाउँलाई नै विर्सेको वताउँदै गाउँठाउँको विकासमा सवैलाई हातेमालो गर्न अनुरोध गरे । मादि गापा वडा नं. ९ निवासी दुवै मृगौला पिडित सन्त बहादुर नेपालीलाई सहयोग हस्तान्तरण गरेर कार्यक्रम सुरु भएको थियो । उनलाई सम्पर्क समाजको तर्फवाट रु.११,१११ सहयोग गरिएको छ । ७९ जना आजिवन सदस्य रहेको संस्थाको यो दाश्रो साधारणसभा हो । कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति राजु अधिकारीले वर्षभरि सम्पन्न कार्यक्रमको विवरण प्रश्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष तिर्थराज अधिकारीले आयव्यय प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रममा पंडित केदारनाथ पौड्यालले मिजुरेको एकदमै मायाँ लाग्ने वताउँदै सुन्दर गित प्रश्तुत गरेका थिए । युवा व्यवसायी शंकर प्रसाद अधिकारीले कृषि अनुसन्धानमा वढी ध्यान दिनुपर्नेमा जोड दिए । पोखरालेखनाथ महानगरपालीका अधिकृत तथा गोर्जेली चेलि चन्द्रावति वाग्लेले आफ्नो माईतिको सम्झना गर्दै गित सुनाएकि थिईन् । मिजुरेको माटोले धेरै महान सन्ततिहरुलाई जन्माए पनि आज माटोले दुख पाएको वताउँदै आफ्नो माईतिगाउँलाई समस्या पर्दा र आफ्नो आवस्यकता पर्दा जुनसुकै अवस्थामा पनि सहयोग गर्ने वताईन् । उनले मृगौला पिडित सन्त लाई रु. दुई हजार र संस्थालाई रु. तिन हजार सहयोग गरेकि छन् । कार्यक्रम संस्थाका सचिव विशाल सुवेदीले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...