पत्रकार गोबिन्द सुबेदी पुरस्कृत

पोखरा, २४ कार्तिक /पत्रकार गोबिन्द सुबेदी गण्डकी प्रदेशस्तरिय सहकारी पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन ।

पोखरा रोयल सहकारी संस्थाले पत्रकारीताको माध्यमबाट सहकारीको पुर्याएको योगदानको कदर गर्दै पत्रकार सुबेदीलाई १८ औं साधरण सभाका अवसरमा नगद सहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

सो अवसरमा सहकारी अभियन्ता ऋषिराज घिमिरेलाई रोयल राष्ट्रिय सहकारी पुरस्कारबाट सम्मान गरिएको थियो । पत्रकारीतामा विगत १७ वर्षदेखी क्रियाशिल सुबेदी रेडियो बाराही, नयाँ पत्रिका दैनिक र गोल्डेन आई टेलिभिजनमा आवद्ध छन ।

कमेन्टहरु
Loading...