लेखनाथमा घरेलु मदिरा नष्ट

लेखनाथ, २५ पुस / इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाकले अवैध रुपमा उत्पादन भएको घरेलु मदिरा जफत गरी नष्ट गरेको छ ।

पोखरा महानगरपालिका वडा नंं २७ का विभिन्न स्थानबाट बरामद गरिएको करिव २ सय ५० लिटर घरेलु मदिरा शुक्रबार नष्ट गरेको हो ।

घरेलु मदिरा र उत्पादन गर्ने सामाग्रीहरु स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय डाडाँको नाकले जानाकारी दिएको छ ।

प्रहरीले यसअघि पनि ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरेको थियो ।

कमेन्टहरु
Loading...