गण्डकी प्रदेशका मुख्यमन्त्री सहित १ सय ४६ जनाको कोरोनो परीक्षण

पोखरा, ६ जेठ / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित १ सय ४६ जनाको कोराना भाइरस (कोभिड १९) परीक्षणका लागि स्वाब संकलन गरेको छ ।

मुख्यमन्त्री सहित ६ जना मन्त्रीहरुको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार संकलन गरिएका स्वाबको पीसीआर नतिजा बुधबार आउनेछ ।

मुख्यमन्त्री सहित ६ जना मन्त्री, मन्त्रालयका सचिव, कर्मचारी, पिएओ, सुरक्षाकर्मी गरी १ सय ४६ जनाको स्वाब संकलन भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

जेठ ११ गते देखी शुरु हुने गण्डकी प्रदेशको बजेट अधिबेशन तयारी स्वरुप परीक्षण गरेको उनले बताए ।
सभामुख, उपसभामुख, सांसद र अन्यको बुधबार स्वाब संकलन गर्ने उनले बताए ।

सभामुख सहित अन्य सांसदहरुको स्वाब संकलन बुधबार बैठक आह्वान गरिएको स्थल पोखरा सभागृह हलमा नै गरिने उनले बताए ।

उनले प्रदेशसभामा उपस्थित हुने सबैको स्वाब परीक्षण गरिने उनले बताए । सामाजिक दूरी राख्नुपर्ने कारणले अधिवेशन पोखरा सभागृहमा हुदैछ । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य छन् ।

कमेन्टहरु
Loading...